site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एमजीको नयाँ वर्ष अफरमा सात लाखसम्मको नगद छुट
Dabur Nepal
NIC Asia

काठमाडौं । एमजीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले नयाँ वर्षलाई लक्षित ‘नयाँ वर्ष २०८१ को बहार एमजीसँग आकर्षक उपहार’ नामक योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकले सात लाखसम्मको नगद छुट प्राप्त गर्न सक्ने एमजीले जनाएको छ । 

कम्पनीका अनुसार अफरमा एमजीका ईभी मोडलमा ग्राहकले निःशुल्क टायर, सात किलोवाटको एसी चार्जर र चालु आर्थिक वर्षको सडक करमा छुट समेत रहेको छ । सय वर्ष पूरानो बेलायती ब्रान्ड एमजीले नेपालमा पनि अत्याधुनिक प्रविधि, किफायति मूल्य, सहज यात्रा र वातावरण मैत्री विशेषताका गाडी बिक्री गर्ने गरेको बताउँछ । 

३०० भन्दा धेरै दक्ष इन्जिनियरले युरोपेली इन्जिनियरिङ प्राविधिक केन्द्रमा परीक्षण गरेर एमजीका गाडी निर्माण गरेको कम्पनीको भनाइ छ । अहिले नेपालमा एमजी४ ईभी, जेडएस ईभी, कोमेट ईभी गरी तीन विद्युतीय सवारी र हेक्टर, एचएस, र एसटर गरी तीन इन्धन/हाइब्रिड सवारी उपलब्ध छन् । यो अफर देशैभर एमजीका २१ सोरुममा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  ११:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro