site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमाले बागलुङको अध्यक्षमा केसी

बागलुङ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागलुङको अध्यक्षमा हीराबहादुर केसी सर्वसम्मत निर्वाचित भएका छन् । बागलुङ बजारमा भएको १०औँ जिल्ला अधिवेशनबाट केसी दोस्रो कार्यकालका निम्ति सर्वसम्मत चयन भएका हुन् ।

निर्वाचन संयोजक डा. डिल्लीराज गौतमका अनुसार, एमाले गण्डकी प्रदेश कमिटीका पूर्वसदस्य हरिनारायण गौतमले उमेदवारी फिर्ता लिएपछि केसी सर्वसम्मत अध्यक्ष बनेका छन् । साथै, उपाध्यक्षमा विष्णु भुसाल सर्वसम्मत भएका छन् । यसअघि सचिव रहेका भुसाल नवौँ जिल्ला अधिवेशनमा समेत सर्वसम्मत भएका थिए ।

सचिवमा भने तीनजनाको उमेदवारी परेको छ । एमाले जिल्ला सचिवमा गणेश थापा, कुमार खड्का र चन्द्रप्रकाश शर्माको उमेदवारी परेको निर्वाचन कमिटीले जनाएको छ ।

सचिवमा सर्वसम्मतको प्रयास भइरहेको छ । उपसचिवमा पनि सर्वसम्मत रूपमा धनबहादुर परियार र करमती पुन चयन भएका छन् ।

“निर्वाचनको कार्यतालिकामै छौँ । एकल उमेदवारी कायम भएपछि अध्यक्ष, उपाध्यक्ष र उपसचिवमा सर्वसम्मत भइसकेको छ,” संयोजक गौतमले भने, “सचिवको विषयमा पार्टीले छलफल गरिरहेको होला, निर्वाचन कार्यतालिकाअनुसार हामी अगाडि बढिरहेका छौँ । एकल उमेदवारी पर्नु भनेको निर्वाचन जित्नु हो, निर्वाचन कार्यतालिकाअनुसार सबैको नतिजा आएपछि मात्रै घोषणा हुन्छ ।” रासस

प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  १८:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro