site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
श्रीलंकामा नयाँ वर्षको अवसरमा सयौँ कैदीबन्दी रिहा

कोलम्बो । श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले परम्परागत सिंहली र तमिल नयाँ वर्षको उपलक्ष्यमा शनिबार करिब ८०० दोषीलाई आममाफी दिएका छन् ।

यसअघि, क्रिसमसको उपलक्ष्यमा श्रीलंकामा आचरणमा सुधार आएका एक हजार कैदीलाई रिहा गरिएको थियो । नयाँ वर्षको उपलक्ष्यमा ७७९ कैदीबन्दीलाई आममाफी दिइएको हो ।

Dabur Nepal
NIC Asia

कारागारका एक अधिकारीले एएफपीलाई बताएअनुसार हालसालै भएको हिंसात्मक गतिविधिका कारण श्रीलंकाकोे कारागारमा भीडभाड थियो । सयौँको सजाय माफी भएपछि कारागारभित्रको भीड कम भएको छ ।

करिब ११ हजार कैदीबन्दी राख्न सक्ने गरी डिजाइन गरिएको श्रीलंकाका कारागारमा शुक्रबारसम्म लगभग ३० हजार कैदीबन्दी थिए ।

श्रीलंका सरकारले नयाँ वर्षको अवसरमा लामो बिदा घोषणा गर्नुका साथै मंगलबारसम्म मदिरा बिक्रीमा प्रतिबन्ध लगाएको छ । रासस/एएफपी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  १४:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro