राजनीति

काठमाडौं । ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ का सम्बन्धका प्रतिनिधिसभाबाट भएको संशोधन’ लाई राष्ट्रियसभाले पनि सहमति जनाएको छ ।
शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले राष्ट्रियसभामा सहमतिका लागि प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । बैठकमा सांसदहरूले खाद्य स्वच्छता र गुणस्तरको विषयमा गम्भीर भएर काम गर्न सरकारलाई सचेत गराएका थिए ।
राष्ट्रियसभाको अर्को बैठक आउँदो वैशाख ४ गते मंगलबार अपराह्न १ बजेर १५ मिनेटमा बस्नेगरी स्थगित गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८० १६:५२
प्रतिक्रिया दिनुहोस्