site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
वैशाखका लागि १३ वाणिज्य बैंकले घटाए ब्याजदर

काठमाडौं । आगामी नयाँ वर्ष २०८१ को वैशाख १ गतेदेखि लागु हुने गरी १३ वाणिज्य बैंकले ब्याजदर घटाएका छन् । २० वाणिज्य बैंकहरूमध्ये पाँचवटाले चैतकै दरमा निक्षेपमा ब्याज दिने भएका छन् ।

दुई वाणिज्य बैंकले ब्याजदर बढाए पनि औसतमा भने वाणिज्य बैंकहरूको ब्याजदर वैशाखमा ०.१८३ प्रतिशत विन्दुले घटेको छ । चैतमा वाणिज्य बैंकहरूको औसत ब्याजदर ७.२५४ प्रतिशत रहेकोमा आगामी वैशाखमा औसत ब्याजदर ७.०७१ प्रतिशत हुने भएको छ ।

एनआईसी एसियादेखि कुमारी, प्रभु, राष्ट्रिय वाणिज्य बैंकले भने ब्याज घटाएका छन् । सबैभन्दा बढी ब्याजदर घटाउनेमा एनआईसी एसिया बैंक छ । यो बैंकल चैतको तुलनामा ०.७९८ प्रतिशत विन्दुले निक्षेपमा दिने ब्याजदर घटाएको छ ।

बैंकहरूले निक्षेपमा कम ब्याज दिए पनि कर्जामा पनि यी बैंकको ब्याजदर कम हुन्छ । निक्षेपमा बढी ब्याज दिने बैंकहरूको कर्जाको ब्याजदर पनि महँगोे हुन्छ ।

दुई वाणिज्य बैंकले भने वैशाखमा ब्याजदर बढाएका छन् । निक्षेप तान्नका लागि एनएमबी र एभरेष्ट बैंकले निक्षेपमा बढी ब्याज दिने भएका छन् । एनएमबीले ०.९७ प्रतिशत विन्दुले ब्याजदर बढाएको छ । एभरेष्टले ०.५ प्रतिशत विन्दुले ब्याजदर बढाएको छ ।

निक्षेपमा एनएमबीले अधिकतम ७.९७ प्रतिशत ब्याज दिने निर्णय गरेको छ । चैतमा यो बैंकले ७ प्रतिशत मात्र ब्याज दिने निर्णय गरेको थियो । एनएमबीमा नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसी प्रमुख कार्यकारी अधिकृत छन् ।  

त्यसैगरी वाणिज्य बैंकहरूले संस्थागत निक्षेपमा भने साधारण निक्षेपमा दिने ब्याजभन्दा एक प्रतिशत विन्दुभन्दा कम ब्याज दिँदै आएका छन् । त्यस्तै रेमिट्यान्स खातामा भने बैंकहरूले साधारण निक्षेपका एक प्रतिशत विन्दु बढी ब्याज दिनुपर्ने व्यवस्था छ । 
Baishakh-Byajdar-1712902330.png
 

 

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  ११:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro