site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
गीतकार थापा र गायिका देशार सम्मानित
Sarbottam CementSarbottam Cement

मनहरी । भीम विराग संगीत साहित्य कला प्रतिष्ठानले गीतकार राजेन्द्र थापा र गायिका निशा देशारलाई सम्मान गरेको छ । गीतकार थापा एक लाख राशिको ‘बिजुली माया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कार’बाट थापा सम्मानित भएका हुन् ।  

वरिष्ठ गीतकार नगेन्द्र थापा, साहित्यकार एलबी क्षेत्री, मञ्जु थापा, गायिका सुशीला मानन्धरले गीतकार थापालाई बिहीबार हेटौँडामा आयोजित कार्यक्रममा नगदसहित दोसल्ला ओढाएर सम्मान गरे ।  

Prabhu Bank
Agni Group
NIC Asia

यसैगरी, २५ हजार राशिको ‘भीम विराग युवा संगीत पुरस्कार २०७९’ बाट गायिका देशार सम्मानित भए । 

सम्मानपछि गीतकार थापाले आफूले भोगेको समाज, परिस्थितिलाई गीतका माध्यमबाट व्यक्त गरेको बताए । उनले भने,  “म बन्दुक बोकेको मान्छे हुँ । तर कलम मेरो प्रिय हो, भीम विरागलाई सम्झिरहनेछु, म उहाँको प्रशंसक हुँ ।”

Global Ime bank

उद्यमी–व्यवसायी कन्हैयाकृष्ण श्रेष्ठले २०६४ सालमा आमा बिजुलीमाया वनः श्रेष्ठको नाममा बिजुली माया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय पुरस्कार स्थापना गरेका हुन् । यसबाट गीत तथा संगीत क्षेत्रका सशक्त व्यक्तित्व अम्बर गुरुङ, प्रेमध्वज प्रधान, भक्तराज आचार्य, फत्तेमान राजभण्डारीलगायत सम्मानित भएका छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  ०७:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय