site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
मनकामना दर्शन नेपाल उद्योग वाणिज्य महासंघद्वारा सम्मानित

काठमाडौं । नेपालको पहिलो केबलकार सेवा सञ्चालक कम्पनी मनकामना दर्शन प्रा.लि.आर्थिक वर्ष २०७८/०७९ मा पर्यटन क्षेत्रबाट सबैभन्दा बढी कर तिर्ने कम्पनीको रूपमा सम्मानित भएको छ । 

नेपाल उद्योग वाणिज्य महासंघको ५८औँ वार्षिक साधारणसभा तथा उघोग वाणिज्य दिवसको अवसरमा मनकामना दर्शन सम्मानित भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मनकामना दर्शनकी सेल्स तथा मार्केटिङ् डाइरेक्टर यशु क्षेष्ठलाई कदर पत्रसहित सम्मान गरेका हुन् ।

गत वर्ष पनि सोही विधामा सबैभन्दा बढी कर तिर्ने कम्पनीका रूपमा मनकामनाले सम्मान प्राप्त गरेको थियो । कम्पनीले २५ वर्षदेखि चितवनको कुरिनटारदेखि गोरखाको मनकामना मन्दिरसम्म केबलकार सेवा सञ्चालन गरिरहेको छ । 

मनकामनाको मन्दिरलाई मात्रै नभएर चितवनको इच्छाकामना एवम् गोरखाको सहिद लखन गाउँपालिकालाई नै पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्न यो कम्पनीले योगदान पुर्‍याइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १४:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro