site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेपाली अर्थतन्त्र क्रमशः सुधार हुने एडीबीको प्रक्षेपण
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालको अर्थतन्त्र आर्थिक वर्ष २०८०/०८१ मा क्रमशः सुधार हुँदै जाने अध्ययनले देखाएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक एसियाली विकास बैंक (एडीबी)को प्रकाशन एसियन डेभलपमेन्ट आउटलुक (एसियाली विकास परिदृश्य), २०८० मा आउँदो आर्थिक वर्षमा नेपाली अर्थतन्त्र ३.६ प्रतिशत (बजार मूल्यमा)ले वृद्धि हुने प्रक्षेपण गरिएको हो ।

गत आर्थिक वर्ष २०७९/८० को अनुमानित १.९ प्रतिशत वृद्धिको तुलनामा यो केही बढी हो । मौद्रिक नीतिमा क्रमिक लचकता, उपभोक्ता र लगानीकर्ताको आत्मविश्वासमा सुधारसँगै आर्थिक गतिविधि प्रोत्साहित हुने अपेक्षा गरिएको छ ।

सरकारले आर्थिक वर्षको पछिल्लो ६ महिनामा पुँजीगत खर्चमा दिएको तीव्रता र आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्म थप जलविद्युत् परियोजनाको उत्पादन सुरु भई आर्थिक औद्योगिक वृद्धि बढ्दै जाने प्रक्षेपण गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कर्जा नियन्त्रणमा सहजता, ब्याजदरमा थप गिरावट र पर्यटन आयमा विस्तारले सेवा क्षेत्रको वृद्धिले गति लिने अध्ययनको निष्कर्ष छ ।

धान उत्पादनमा वृद्धि भए पनि हिउँदे वर्षामा कमीका कारण हिउँदे बाली र अरू कृषि उत्पादनमा आएको कमीले कृषि क्षेत्रमा पनि आर्थिक वर्ष २०७९/८० को २.७ प्रतिशतको तुलनामा २.८ प्रतिशतको सीमान्त वृद्धि हुन सक्ने अध्ययनले देखाएको छ ।

Global Ime bank

नेपालमा औसत मुद्रास्फीति आर्थिक वर्ष २०७९/८० को ७.७ प्रतिशतको तुलनामा २०८०/०८१ मा ६.५ प्रतिशतमा झर्ने प्रक्षेपण गरिएको छ । आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनामा बचतमा रहे पनि चालु खाता पुनः घाटामा जान सक्ने अध्ययनले देखाएको छ ।

अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनासँग तुलना गर्दा वार्षिक व्यापार घाटा २०८०/८१ मा ४.७ प्रतिशतले घटेको छ । सो अवधिमा विप्रेषण आप्रवाह २२.६ प्रतिशतले वृद्धि भएको छ । चालु खाता बचत १.२ बिलियन अमेरिकी डलर पुगेको छ । यद्यपि, यस आर्थिक वर्षको बाँकी अवधिमा उच्च आयात र स्थिर विप्रेषण आप्रवाहले २०८०/८१ मा चालु खाता घाटा कुल गार्हस्थ उत्पादनको ०.७ प्रतिशत प्रतिशत पुग्ने प्रक्षेपण छ ।

प्रतिवेदन सार्वजनिक गर्दै एडीबीका सिनियर इकोनोमिक अफिसर (वरिष्ठ आर्थिक अधिकारी) मानवर एस खड्काले यस आर्थिक वर्षमा कृषिको उत्पादन सन्तोषजनक रहने बताए । मलखादको व्यवस्थापनमा विगतमा जस्तो समस्या नरहेको र विपद्बाट पनि धेरै क्षति नभएकाले कृषि उत्पादन सन्तोषजनक रहने उनले उल्लेख गरे ।

उनले ऊर्जा क्षेत्रमा सबस्टेसन, ट्रान्समिसन लाइन बनिरहनुले पनि अर्थतन्त्रमा सकारात्मक ऊर्जा प्रवाह गरेको बताए । कन्स्ट्रक्सन म्यानुफ्याक्चरिङमा स्लो डाउन रहेको उनको भनाइ छ ।

उनले पर्यटकको आवागमनबाट पनि अर्थतन्त्रमा ऊर्जा थपिएको बताए । विदेशी पर्यटकको आगमनले स्थानीय अर्थतन्त्रलाई सबल बनाउनुका साथै रोजगारी वृद्धि भइरहेको उनले उल्लेख गरे ।

“यो प्रक्षेपण हो । विश्व बैंकले गरेको प्रक्षेपणमा पनि ३.३ भन्ने आएको छ । एडीबीको ३.६ हामीले भनेका छौँ,” उनले भने, “यो आर्थिक वर्षको राष्ट्रिय तथ्यांक कार्यालयले पनि जीडीपीको तथ्यांक निकालिसकेको छ । जस्तो कि पहिलो त्रैमासमा ३.२ प्रतिशत वृद्धि भएको र दोस्रो त्रैमासिकमा ४ प्रतिशतको आर्थिक वृद्धि भनेको छ, यो अफिसियल तथ्यांकलाई हामीले मान्नु नै पर्छ ।”

एडीबीले गरिबी निवारणको आफ्नो पहललाई कायम राख्दै समृद्ध, समावेशी, उत्थानशील र दिगो एसिया प्रशान्त क्षेत्र हासिल गर्न प्रतिबद्ध रहेको जनाएको छ । अहिलेसम्म एडीबीले नेपालका निम्ति ४९४ सरकारी ऋण, अनुदान तथा प्राविधिक सहायता गरी कुल ७.७ बिलियन डलरको प्रतिबद्धता जनाएको छ । सञ्चित ऋण र अनुदान गरी नेपाललाई कुल ४.९१ बिलियन डलर निकासा गरेको छ । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १३:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement