कला
काठमाडौं । कलाकार हिमेश पन्त चलचित्र ‘ज्वाइँ साब’मा अनुबन्ध भएका छन् । यो चलचित्रमा यसअघि नै कलाकार जितु नेपाल र नायिका नीति शाह अनुबन्धित भइसकेका छन् ।
राजकुमार पण्डितको निर्माण रहने चलचित्रलाई वसन्त निरौलाले निर्देशन गर्दैछन् । चलचित्रको छायांकन वैशाखको १५ गतेबाट सुरु हुनेछ ।
चलचित्रलाई आउँदो वर्षको तिहारमा रिलिज गर्ने घोषणा यसको निर्माणपक्षले गरिसकेको छ । चलचित्रमा मीना देवी खड्का, सौगात पण्डित र पदम तामाङको लगानी छ ।
प्रकाशित मिति: बिहीबार, चैत २९, २०८० ०८:५८
प्रतिक्रिया दिनुहोस्