site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
धितोपत्र बोर्डको अध्यक्ष छनोट प्रक्रिया रोकियो
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि 'सर्टलिस्ट'मा परेकाहरूको कार्यायोजना प्रस्तुत गर्ने तालिका सरेको छ । मन्त्रालयबाट अर्काे सूचना जारी नभएसम्म बिहीबार (भोलि) हुने भनिएको कार्ययोजना प्रस्तुतिको मिति स्थगित भएको सर्टलिस्टमा परेकाहरूलाई जानकारी गराइएको हो ।

छनोट समितिका सदस्यहरूको कार्य व्यस्तताका कारण प्रस्तुतीकरणको मिति सारिएको जानकारी मन्त्रालयले आफूलाई दिएको एक प्रतिस्पर्धीले बाह्रखरीलार्य जानकारी दिए ।  

Prabhu Bank
Agni Group
NIC Asia

बोर्डको अध्यक्षका लागि चीरञ्जीवी चापागाईं, सन्तोषनारायण श्रेष्ठ, मुक्ति श्रेष्ठ, नवराज अधिकारी र कृष्णबहादुर कार्कीको नाम सर्टलिस्टमा परेको छ ।

कार्की नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत हुन् भने अधिकारी र मुक्ति श्रेष्ठ बोर्डकै कार्यकारी निर्देशक हुन् ।

Global Ime bank

त्यसैगरी चापागाईं बिमा समिति (हालको बिमा प्रकिधारण) का पूर्वअध्यक्ष हुन् ।

त्यस्तै, सन्तोषनारायण श्रेष्ठ भने व्यवसायीहरूको प्रतिनिधित्व गरेर बोर्डको अध्यक्ष हुने लाइनमा रहेको स्रोतको दाबी छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  २२:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement