site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जनकपुरमा मिटरब्याज पीडितसँग गृहमन्त्रीले गरे छलफल
Tiktok banner adTiktok banner ad

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानले मिटरब्याज पीडितलाई न्याय दिने गरी सरकारले काम गरिरहेको बताएका छन् । 

प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि जनकपुर पुगेका लामिछानेले मिटरब्याज पीडितसँगको छलफलमा क्रममा घटनाको प्रकृति र वर्गीकरणअनुसार क्रमशः सबै पीडितले न्याय पाउने बताए ।

गृहमन्त्री लामिछानले समस्याको दीर्घकालीन समाधानका लागि बनेको दोस्रो आयोगले भर्खरै काम थालेको र जिल्लास्तरमा अनुचित लेनदेनसँग सम्बन्धित आवेदन माग्ने काम सुरु भएको बताए ।

घटनाको अध्ययन गरेर आयोगले निष्कर्ष दिने भएकाले केही समय धैर्य गर्न उनको आग्रह छ ।

छलफलमा पीडित पक्षले साहुको एकलौटी दाबीका आधारमा दायर रिटअनुसार अदालतको आदेश मुताविक आफूहरूमाथि भइरहेको धरपकड रोक्न माग गरेका थिए । पुराना निवेदनउपर कारबाही प्रक्रिया अगाडि बढाउने बहानामा इलाका प्रहरी कार्यालय र प्रहरी चौकीले पीडितको इच्छाविपरीत मिलापत्र गराउने काम भइरहेको उनीहरूको गुनासो थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १७:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro