site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रायोजित पत्रकारलाई समाचार लेखाएर प्रहार गरियो : मनिष झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले नेपाली कांग्रेस सरकारमा गएपछि भ्रष्टाचारमाथि बहस नभएको आरोप लगाएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आफूहरू सुरूमा सरकारमा जाँदा भ्रष्टाचारको विषयमा साझा न्यूनतम लेखिएको विषय कांग्रेस सरकार गएपछि हटाइएको दाबी गरे । 

“कांग्रेस सरकारमा गएपछि भ्रष्टाचारको बहस नगरौँ भनियो,” उनले भने । सांसद झाले प्रायोजित पत्रकारलाई समाचार लेखाएर त्यसैको आधारमा आफ्नो पार्टीको सभापति रवि लामिछानेमाथि कांग्रेसले प्रहार गरिरहेको धारणा राखे । 

दर्ता नै नभएको उजुरीमा कसरी सभापति लामिछाने दोषी भए भन्ने प्रश्न पनि गरे । “कानुनले निर्णय दिएको छैन, सुरक्षा निकायले सूचना दियो । प्रधानमन्त्रीले अभिव्यत्ति दिनुभयो । चौकीमा कसैले दिएको उजुरी हो दर्ता भएको छैन । प्रायोजित पत्रकारलाई लेख्न लगाएको मात्र हो । त्यसको आधारमा प्रहार गरिएको छ,” उनले भने, “आउनुहोस् कानुन र प्रक्रियामा जाऔँ कति कुण्ठा पालेर बस्नुहुन्छ ?” 

आफ्नो पार्टीका उदय नै सुशासनको लागि भएको भन्दै उनले शंका नगर्न र कुण्ठा नपाल्न बरु मिलेर काम गर्न अनुरोध गरे । उनले पार्टीले २०४७ पछिका भ्रष्टाचार काण्ड छानबिन गर्न कांग्रेसले जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएको आफूहरूले थाहा पाएको र आफूहरू पनि यही लाइनमा सदनमा बोलिरहेको भन्दै सहकार्य गर्न आह्वान गरे । 

“हाम्रो कुरामा एकजना महामन्त्रीले तीन बजेर अर्कोले आठ बजे स्वागत गर्नुभएको रहेछ । आउनुहोस् ४७ साल पछिको सबै फाइल खोलौँ । हामी एक ठाउँमा उभियौँ । ४७ सालपछि सबैको फाइल खोलौँ । व्यक्तिगत कुण्ठाको रूपमा नलिउँ,” उनले भने । 

उनले सदनमा बोल्न पाउनुपर्ने भन्दै पटक–पटक निराधार विषयमा कुनै व्यक्तिमाथि लाञ्छना लगाउने काम अन्त्य हुनुपर्ने धारणा राखे ।

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १२:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro