site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भ्रष्टाचार आरोपमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालीकोटको साविक थिर्पु गाविसमा सञ्चालित थोपा सिँचाइ कार्यक्रममा भ्रष्टाचार गरेको आरोपमा पलाता गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहितका अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले पलाता गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद कुस्मा र सबइन्जिनियर माधवकुमार काफ्लेविरुद्ध १३ लाख ७४ हजार ९९१ रुपैयाँबराबरको बिगो दाबी गरेको छ ।

पलाता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपाने, पलाता–८ का तत्कालीन वडाध्यक्ष पटकबहादुर बम र वडा सचिव जानकीकुमारी शाहीविरुद्ध पनि समान बिगो दाबी गरिएको छ ।

मूलखोला थोपा सिँचाइ उपभोक्ता समितिका अध्यक्ष मनराज शाही, सचिव लोकेन्द्र बम र कोषाध्यक्ष मोतिसुरा रोकायविरुद्ध पनि समान बिगो मागदाबी गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

आयोगले मंगलबारै कृषि विकास निर्देशनालय, गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख नीलकण्ठ पोखरेल, पकवादी सहकारी संस्थाका अध्यक्ष हरिलाल खनालसहित आठजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । कृषि निर्देशनालय गण्डकी प्रदेशबाट प्राप्त अनुदान रकममा भ्रष्टाचार गरेको उनीहरूमाथि आरोप छ ।

आयोगले निमित्त कार्यालय प्रमुख खनालविरुद्ध २८ लाख ३७ हजार २१७ रुपैयाँ बराबरको बिगो दाबी गरेको छ । कृषि इन्जिनियर विश्वनाथ पौडेल, कृषि विकास अर्थविज्ञ भानुभक्त भट्टराई, पकवादी सहकारी संस्थाका अध्यक्ष हरिलाल खनाल, उपाध्यक्ष हेमा पौडेल तिमिल्सिना, सचिव परशुराम खनाल, कोषाध्यक्ष उमा श्रेष्ठ र गल्याङ नगरपालिका–३ का श्रीप्रसाद श्रेष्ठविरुद्ध पनि २८ लाख ३७ हजार २१७ रुपैयाँबराबरको बिगो दाबी गरिएको छ । आरोपितलाई कैद सजायको माग गरिएको आयोगका प्रवक्ता घिमिरेले जानकारी दिए । रासस

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १९:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro