site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं उपत्यकामा चाँडै आधुनिक ट्राफिक लाइट व्यवस्था गर्ने तयारीमा छौं : उपप्रधानमन्त्री महासेठ

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले चालु आर्थिक वर्षको अन्त्यमा काठमाडौं उपत्यकामा आधुनिक ट्राफिक लाइटको व्यवस्था गर्ने तयारी गरिएको बताएका छन् । मंगलबार ललितपुरमा साझा यातायातको चार्जिङ स्टेसनको उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

बजेट व्यवस्थापन गरी पहिलोपटक काठमाडौं उपत्यकामा आधुनिक ट्राफिक लाइटको व्यवस्था गर्न लागिएको उनले जानकारी गराए । पहिलो चरणमा काठमाडौं, ललितपुर र भक्तपुर र त्यसपछि पोखरा, नेपालगन्ज, विराटनगर, जनकपुर र वीरगन्जमा आधुनिक ट्राफिक लाइट जडान गरिने उनले बताए । आवश्यकताअनुसार सरकारले यातायात क्षेत्रमा सुधार गर्दै जाने उनले उल्लेख गरे ।

उनले विद्युतीय ट्याक्सी र बसहरूलाई सरकारले दिन सक्ने सहुलियतका विषयमा छलफल भइरहेको बताए । ट्याक्सी र बसका निम्ति महँगो भइरहेको डिजेल र पेट्रोललाई विस्तारै विस्थापित गरेर विद्युतीय सवारीसाधन सञ्चालनका  विषयमा ‘होमवर्क’ गर्ने उनले प्रतिबद्धता जनाए । न्युज एजेन्सी नेपाल

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १९:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro