site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा रिट दर्ता गराउँदै निवर्तमान मुख्यमन्त्री पाण्डे

काठमाडौं । गण्डकी प्रदेशमा सभामुखसहितको हस्ताक्षरमा मुख्यमन्त्री नियुक्त भएका खगराज अधिकारीको सरकारविरुद्धको रिट सर्वोच्च अदालतमा पुगेको छ । निवर्तमान मुख्यमन्त्री तथा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे आइतबार सर्वोच्च गएका हुन् । 

सर्वोच्चमा रिट दर्ताको प्रक्रियामा रहेको गण्डकीका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेलले जानकारी दिए । “हामी रिट फाइल गर्दैछौँ । सभामुखको पद सम्मानित पद हो, अगणितीय पद हो,” पौडेलले बाह्रखरीसँग भने, “सभामुखलाई गणना गर्नु हुँदैन भने संविधानको धारा १६६ (२) बमोजिम मुख्यमन्त्रीको सहमति र सिफारिस गइसकेकै थियो । 

सभामुख समेत माओवादीको आठ भित्र परेकाले नियुक्ति रोकियोस भनिएकै थियो । त्यसलाई वेवास्ता गरेर प्रदेश प्रमुखबाट नियुक्ति गर्ने काम भएको उनले बताए ।  

उनले संविधानको धारा १६८ (२) बहुमत प्राप्त गर्नसक्ने दलको नेताका लागि भए पनि अहिले नियुक्त मुख्यमन्त्रीलाई बहुमत प्राप्त नभएको उनले बताए । “कोसी प्रदेशमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको रिटमा सर्वोच्चको फैसलाको नजिर समेत रहेकाले मुख्यमन्त्रीको नियुक्ति खारेज गर्न र आफूलाई मुख्यमन्त्री निरन्तरता दिन उहाँले माग गर्नुभएको छ,” पौडेलले भने ।
 

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १४:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro