site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
उद्योग वाणिज्य दिवसमा भारतीय लगानीकर्ता सहभागी हुने  

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५८औँ वार्षिक साधारणसभा एवं उद्योग वाणिज्य दिवसको उद्घाटन समारोहमा भारतीय लगानीकर्ता सहभागी हुने भएका छन् ।

महासंघले एक विज्ञप्ति जारी गर्दै यस पटकको साधारणसभामा भारतीय उद्योग परिसंघका प्रेसिडेन्ट देसिग्नेट संजीव पुरी वक्ताका रूपमा सहभागी हुने जानकारी दिएको हो । सभामा भाग लिन पुरीको नेतृत्वमा भारतीय लगानीकर्ताहरू नेपाल आउनेछन् । उक्त सभाबाट आर्थिक सुधारका लागि राजनीतिक प्रतिबद्धता खोजिने पनि बताइएको छ ।   

चैत्र २८ गते बुधबार बिहान ८ः३० बजे तय भएको उद्घाटन समारोहमा प्रमुख राजनीतिक दलहरूलाई निम्त्याएको छ । यस अघि ९ः३० मा तय भएको उद्घाटन समारोह सारिएको महासंघले जानकारी दिएको छ ।
 

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १७:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro