site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संसद्को हिउँदे अधिवेशनभित्रै १० वटा ऐन संशोधन गरी लगानीमैत्री वातावरण सिर्जना गर्छौँ : मन्त्री भण्डारी

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले संसद्को हिउँदे अधिवेशनभित्रै १० वटा ऐन संशोधन गरी उद्योग, लगानीमैत्री वातावरण सिर्जना गरिने बताएका छन् । सोमबार नेपाल हब्र्स तथा हर्बल उत्पादक संघको काठमाडौंमा भएको १८औँ वार्षिक साधरणसभामा बोल्दै उद्योगमन्त्री भण्डारीले यस्तो बताएका हुन् । 

उनले सरकारले उद्योगमैत्री कानुन बनाएर अन्तिम चरणमा पुर्‍याएको दाबी गरे । सरकारले निजी क्षेत्रलाई बलियो बनाउँदै उद्योग क्षेत्रमा देखिएका सम्भावनालाई पूरा गर्नेगरी काम भइरहेको उनको भनाइ छ । समयानुकूल उद्योग नीति, वाणिज्य नीतिलाई संशोधन गरी ट्रेडका विषयलाई अगाडि बढाउने बताए । 

“उद्योगमैत्री कानुन बनाउने अन्तिम चरणमा पुगेका छौँ । त्यसको प्रक्रियामा अगाडि बढेका छौँ । यही संसद्को अधिवेशनमा उद्योग मन्त्रालयको तर्फबाट १० वटा कानुन संशोधनको प्रक्रियामा अगाडि बढाएका छौँ । त्यसमा सरकारको छुट्टै छैन । जब निजी क्षेत्र बलियो हुँदैन । त्यहाँका सम्भावनालाई देख्दैन भने सरकार दायित्वबाट पछाडि हट्दैन,” उनले भने । 

मन्त्री भण्डारीले सरकार आगामी आर्थिक वर्षको बजेट बनाउने प्रक्रियामा रहेको भन्दै आगामी बजेटमा हर्बल तथा जडिबुटी उद्योगलाई दिइरहेको सहुलियतलाई निरन्तरता दिने उल्लेख गरे । करको विषयमा उद्योगी व्यवसायीहरूका असहमतिलाई नीतिगत रूपमा समाधान गर्नेगरी बजेट आउने जानकारी दिए । मन्त्री भण्डारीले बजारलाई प्रोत्साहन हुनेगरी सरकारले केही नयाँ कार्यक्रमहरू ल्याउन लागेको पनि बताए । 

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १२:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro