देश
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी विकास कोषका योजना प्रमुख इन्जिनियर सरोज भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले आइतबार उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
उनले पदीय मर्यादाविपरीतका कार्य गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अख्तियारको जिकिर छ । अख्तियारले उनीविरुद्ध ८० लाख रुपैयाँ बिगो दाबी गरेको छ ।
भट्टराईले गैरकानुनी सम्पत्ति आर्जन गर्ने कार्यमा मतियारको भूमिका निभाएको भन्दै उनकी आमा जनकनन्दनी भट्टराईविरुद्ध समेत मुद्दा दायर गरिएको छ ।
आरोपपत्र पढ्नोस्–
प्रकाशित मिति: आइतबार, चैत २५, २०८० १४:१६
प्रतिक्रिया दिनुहोस्