site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सुखद अन्त्यको लक्ष्यमा नेपाल ‘ए’

काठमाडौं । ट्वान्टी–२० र एकदिवसीय शृंखलाका लागि नेपाल भ्रमणमा रहेको आयरल्यान्ड वुल्भ्सविरुद्ध अन्तिम एकदिवसीय खेलका लागि आज मैदान उत्रिँदा नेपाल सुखद अन्त्यको लक्ष्यमा हुनेछ ।

यसअघि घरेलु टिमविरुद्धको पहिलो एकदिवसीय खेलमा वुल्भ्स २१ रनले र दोस्रो खेलमा ११४ पराजित भएको थियो । यसैकारण नेपाल आज जितसहित प्रतियोगिताको सुखद अन्त्य गर्ने लक्ष्यमा हुनेछ ।

Dabur Nepal
NIC Asia

त्यसअघि वुल्भ्सले नेपाल ‘ए’ सँगको ट्वान्टी–२० शृंखला आयरल्यान्ड वुल्भ्सले २–१ ले जितेको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल बिहान ९ः३० बजेदेखि सुरु हुनेछ । वुल्भ्स नेपाल ‘ए’ को दोस्रो प्रतिद्वन्दी हो । वुल्भ्सअघि नेपाल ‘ए’ ले क्यानडा–११ सँग पहिलो पटक क्रिकेट शृंखला खेलेको थियो ।

नेपाल ‘ए’ सँगको खेलअघि वुल्भ्सले नेपाली राष्ट्रिय क्रिकेट टिमसँग पनि दुई ट्वान्टी–२० क्रिकेट खेलेको थियो । जहाँ वुल्भ्स दुवै खेलमा पराजित भएको थियो ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  ०७:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro