site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मधेसमाथिको अन्याय जारी छ : महन्थ ठाकुर
फाइल तस्बिर ।

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले मधेसमाथिको अन्याय मुलुकमा अझै जारी रहेको आरोप लगाएका छन् ।

शनिबार महोत्तरीको मटिहानीमा आयोजित एक कार्यक्रममा उनले सरकारले मधेसमाथि विभेद जारी राखेको जिकिर गरे । अदालतले पनि न्याय नगरेको उनले गुनासो गरे ।

उनले सबैभन्दा बढी जनसंख्या रहेको मधेस प्रदेशमा कम बजेट दिनु, निर्वाचन क्षेत्र कम बनाउनु मधेसमाथिको विभेदको उदाहरण रहेको बताए । मधेसमा देशको लगभग ५१ प्रतिशत जनसंख्या रहेको उनले उल्लेख गरे ।

समग्र मधेसवासीको हितका निम्ति अझै संघर्ष आवश्यक रहेकामा उनले जोड दिए । आफूहरूले शान्तिपूर्ण संघर्ष गर्दा पनि गोलीलाठी खानुपरेको पीडा उनले सुनाए ।

“आधाभन्दा बढी जनसंख्या भए पनि १६५ मध्ये सुरुमा ६५ सिट मात्रै दिइएको थियो । तर, हामीहरूकै आन्दोलनका कारण अहिले त्यो संख्या ७९ पुगेको छ, जबकि हाम्रो माग ८२ सिट रहेको छ,” उनले भने ।

संविधान संशोधन र आन्दोलनकारीको न्यायका निम्ति अझै संघर्ष गर्न आवश्यक रहेको उनको भनाइ थियो । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  २०:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro