site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
बरोडासँग नेपाल ३७ रनले पराजित 

काठमाडौं । ‘एसएमएस फ्रेन्डसिप कप’ त्रिकोणात्मक ट्वान्टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाली क्रिकेट टिम बरोडा क्रिकेट एसोसियसनसँग ३७ रनले पराजित भएको छ । 

शुक्रबार भारतको वापीमा सम्पन्न खेलमा बरोडाले प्रस्तुत गरेको १५७ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १८.५ ओभरमा ११९ रनमै समेटियो । नेपालका सन्दीप जोराले ४३ बलमा चार चौका र तीन छक्कासहित सर्वाधिक ५६ रन बनाए पनि टिमको हार टार्न सकेनन् । विवेक यादवले १७ र कुशल भुर्तेलले १६ रन बनाए । 

Dabur Nepal
NIC Asia

बरोडाका ध्रुव पटेल र लक्षित तोक्सियाले समान तीन विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङमा आएको बरोडाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५६ रनको योगफल तयार पारेको थियो । 

बरोडाका शाश्वत रावतले ३१ रन बनाए । ध्रुव पटेलले २९, अमित पासीले २६ मोहित मोंगियाले २२ र अभिमन्यु सिंह राजपुतले ११ रन थपे । 

नेपालका करण केसी र गुलसन झाले समान दुई विकेट लिए । आकाश चन्द, प्रतीश जीसी, ललितनारायण राजवंशी र कप्तान दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए । 

हारका बावजुद पनि अघिल्ला तीनै खेलमा जित निकालेको नेपालले फाइनलमा स्थान बनाइसकेको छ । अघिल्ला तीनै खेलमा हार बेहोर्दै फाइनल दौडबाट बाहिरिएको बरोडा भने जितसहित प्रतियोगिताको अन्त्य गरेको छ । नेपालले उपाधिका लागि आइतबार गुजरात क्रिकेट संघको सामना गर्नेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १७:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro