site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सत्ता समीकरणले स्थानीय सरकारका कामकारबाहीमा असर पर्दैन : प्रधानमन्त्री 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रमा भएको सत्ता समीकरण फेरबदलले स्थानीय सरकारका कामकारबाही र सेवा प्रवाहमा कुनै असर नपर्ने बताएका छन् । 

गोरखाका कार्यालय प्रमुखहरूलाई निर्देशन दिने क्रममा उनले स्थानीय सरकारका प्रमुखलाई ढुक्क भएर जनताका काम गर्न आग्रह गरे । जिल्लामा रहेका संघीय र प्रादेशिक कार्यालयहरूले आयोजना र कार्यक्रम तर्जुमा गर्दा स्थानीय तहसँग समन्वय गर्नुपर्नेमा जोड दिए । 

Dabur Nepal
NIC Asia

उनले आयोजनामा देखिने दोहोरोपन अवस्था हटाउनुपर्नेमा बताए । “केन्द्र र प्रदेश आयोजना छनोट गर्दा स्थानीय सरकारको सिफारिस लिने र सोको अभिलेख स्थानीय सरकारसँग रहनेगरी समन्वय गर्नुहोला,” प्रधानमन्त्रीले निर्देशन दिए । 

स्थानीय सरकारले कानुनबमोजिम अधिकार प्रयोग गर्दा करलगायत जनतासँग प्रत्यक्ष सम्बन्ध रहने विषयहरूमा सबै पालिकाले सकेसम्म समान धारणा बनाउनुपर्ने उनको भनाइ छ । “सम्भव भएसम्म कार्यालय प्रमुखहरूले जनताका गुनासो सुन्नुपर्छ, जनताका लागि कार्यालय प्रमुखले सधैँ ढोका खुला राख्नुपर्छ,” प्रधानमन्त्रीले भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १६:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro