site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पञ्जाब किंग्सको रोमाञ्चक जित, गुजरातको दोस्रो हार

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जाव किंग्सले घरेलु टोली गुजरात टाइटन्सविरुद्ध तीन विकेटको रोमाञ्चक जित दर्ता गरेको छ । बिहीबार अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा गुजरातले प्रस्तुत गरेको २०० रनको लक्ष्य पञ्जाबले एक बल बाँकी छँदा सात विकेट गुमाउँदै पूरा गर्‍यो ।

पञ्जाबलाई जितका निम्ति अन्तिम ओभरमा सात रन आवश्यक थियो । ओभरको पहिलो बलमा विकेट गुमाएर दबाबमा आएको पञ्जाबले दोस्रो बल वाइड हुँदा एक अतिरिक्त रन पाएको थियो । तेस्रो बल डट भए पनि चौथो बलमा एक रन लिएपछि पञ्जाबलाई तीन बलमा पाँच रन आवश्यक थियो । ओभरको चौथो बलमा शशांक सिंहले चौका र पाँचौँ बलमा एक रन लिएपछि पञ्जाबले अन्तिम बलअगावै जित निश्चित गरेको हो ।

Dabur Nepal
NIC Asia

पञ्जाबको जितमा शशांकले २९ बलमा ६ चौका र चार छक्कासहित अविजित ६१ रन बनाए । प्रभसिम्रन सिंहले ३५, आशुतोष शर्माले ३१, जोनी बेरेस्टोले २२, जितेश शर्माले १६ र सिकन्दर राजाले १५ रन जोडे ।

गुजरातका नुर अहमदले दुई विकेट लिए । अजमतुल्लाह ओमारजाई, उमेश यादव, राशिद खान, मोहित शर्मा र दर्शन नलकण्डेले समान एक विकेट लिए ।

त्यसअघि, टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरातले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १९९ रन बनाएको थियो । गुजरातका कप्तान शुभमन गिलले ४८ बलमा ६ चौका र चार छक्कासहित अविजित ८९ रनको योगदान गरे । साई सुदर्शनले ३३, केन विलियमसनले २६, राहुल तेवातियाले अविजित २३ र ऋद्धिमान शाहले ११ रन जोडे ।

पञ्जाबका कगिसो रबाडाले दुई विकेट लिए । हरप्रित ब्रार र हर्षल पटेलले समान एक विकेट हात पारे ।

जितसँगै चार खेलबाट चार अंक जोडेको पञ्जाब पाँचौँ स्थानमा उक्लिएको छ । समान खेलबाट समान अंक भए पनि गुजरात नेट रनरेटका आधारमा छैटौँ स्थानमा छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  ०९:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro