देश
काठमाडौं । न्याय परिषद्ले जिल्ला न्यायाधीश नियुक्तिका १० जनाको नाम सिफारिस गरेको छ ।
बिहीबार बसेको परिषद्को बैठकले जिल्ला न्यायाधीश नियुक्तिका लागि अर्जुनप्रसाद कोइराला, नरेन्द्रबहादुर बुढासहित १० जनालाई सिफारिस गरेको हो ।
यस्तै, बैठकले उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशको सरुवाका लागि पनि सिफारिस गरेको छ । परिषद्ले उच्च अदालतका दुईजना र जिल्ला अदालतका दुईजना न्यायाधीशको सरुवाका लागि सिफारिस गरेको हो ।
हेर्नुहोस् सूची
प्रकाशित मिति: बिहीबार, चैत २२, २०८० २१:३६
प्रतिक्रिया दिनुहोस्