site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
सिनेमा किन बनाइन्छ ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । भेनिस फिल्म फेस्टिभलमा प्रिमियर भएर तीन मिनेट लामो स्ट्यान्डिङ ओभेसन पाएको चलचित्र ‘द रेड सुटकेस’का लेखक तथा निर्देशक फिडेल देवकोटालाई हामीले सोध्यौँ– तपाईं किन सिनेमा बनाउनुहुन्छ ?

उनले भने– कथा भन्ने हुटहुटीले सिनेमा बनाउँछु । जब उनलाई कुनै कथा मैले नै भन्नुपर्छ भन्ने लाग्छ, तब फिडेल सिनेमा बनाउने कल्पना गर्न थाल्छन् । “यो कथा मैले भन्नैपर्छ भन्ने मनमा आगो बल्छ । यो कथा संसार पुर्‍याउनैपर्छ, त्यति नभएसम्म मलाई शान्ति हुँदैन भन्ने लाग्छ,” फिडेल भन्छन्, “द रेड सुटकेसकै कुरा गर्दा पनि मलाई त्यस्तै भयो । सिनेमा बन्यो । कथा मैले अभिव्यक्त गर्नैपर्छ भन्ने लागेपछि म सिनेमा बनाउँछु ।”

उनको प्राथमिकतामा सधैँ कथा पर्छ । कथामध्ये पनि अब्बल कथा पर्छ । प्रस्ट पार्दै उनी भन्छन्, “थुप्रै गान्ट पाएका स्क्रिप्ट थाती राखेर मैले पहिला द रेड सुटकेस बनाएँ । कथा भन्ने हुटहुटी नभएको भए यो सिनेमा मेरो पहिलो फिचर फिल्म हुँदैन थियो । मेरो करिअरमा अरू नै सिनेमा पहिलो फिचर फिल्म हुन्थे ।”

Prabhu Bank
Agni Group
NIC Asia

फिडेलका निम्ति सिनेमा अभिव्यक्तिको माध्यम हो । निःसन्देह निर्देशक स्टोरीटेलर हुन् । उनीहरूले दृश्य भाषामार्फत कथा भन्ने हो । 

सिनेमा मुख्यतः दुई उद्देश्यले बनाउने गरिएको उनी बताउँछन् । उनी भन्छन्, “सिनेमा सेल अ स्टोरी अथवा टेल अ स्टोरी हो । त्यसमध्ये म सिनेमा टेल अ स्टोरी हो भन्ने मान्यता राख्छु ।” अर्थात्, उनको प्राथमिकतामा बलिउड फर्मुलामा बनाइने सिनेमा होइन, आर्टहाउस मुभी पर्छन् ।

Global Ime bank

“म सिनेमा कथा भन्नका लागि बनाउँछु । दृश्यमार्फत् कथा भन्छु । तर, सिनेमा बनिसकेपछि मेरो हुँदैन । त्यो दर्शकको हुन्छ । दर्शकले त्यसलाई कसरी ग्रहण गर्नुहुन्छ त्यो उहाँहरूको कुरा भयो,” उनी भन्छन्, “मेरो काम सिनेमामार्फत अभिव्यक्त गर्नु हो, गर्छु । त्यसलाई कसरी बेच्ने, दर्शकले कसरी लिने त्यो अरू तपसिलका कुरा भए ।” अर्थात्, निर्देशकले सिनेमालाई आर्ट मानेर बनाउने हो । त्यसको बजार कहाँ–कहाँ खोज्ने, कसरी बेच्ने, ग्लोबल अडियन्ससम्म कसरी लैजाने त्यो वितरक र प्रोडुसरको काम हो ।

सिनेमा देशको इतिहास भएको फिडेल बताउँछन् । सिनेमामा देशको प्रतिविम्ब देखिनुपर्नेमा उनको जोड छ । आफूले चलचित्र बनाइरहेको समयको प्रतिविम्ब नै सिनेमा भएको उनको बुझाइ छ । देशको सिनेमामा त्यो मुलुकको अनुहार देखिनुपर्ने उनको धारणा छ ।

अभिनेता सौगात मल्ल कलाकारका निम्ति सिनेमा अभिनयको तिर्खा मेट्ने माध्यम भएको बताउँछन् । यही भएर आर्टहाउस मुभीमा आफूले कतिपयलाई फेवर दिएर पैसा समेत नलिई काम गर्ने गरेको उनी स्मरण गर्छन् । “कथा भन्नु नै सिनेमाको मुख्य उद्देश्य हो भन्ने लाग्छ । मलाई मात्रै होइन, धेरै एक्टरलाई यस्ता सिनेमामा काम गर्न मन लाग्छ होला,” सौगात भन्छन्, “कारण, कथाप्रधान सिनेमामा एक्टरले आफ्नो कला देखाउन पाउँछ । आफ्नो माध्यमबाट कथा भन्ने मौका पाउँछ । यो अवसरको खोजीमा म मात्र होइन, हरेक एक्टर हुनुहुन्छ भन्ने लाग्छ ।”

कमर्सियल सिनेमा पनि चाहिने र आफूले काम गरिरहेको उनी स्पष्ट पार्छन् । सिनेमा उद्योगलाई टिकाउन पनि दुवै खालका चलचित्र बन्न आवश्यक रहेको अन्यथा यो क्षेत्रको विकास नहुने उनको भनाइ छ । “मैले आजसम्म विश्वमा कुनै पनि त्यस्तो विकसित सिनेमा इन्डस्ट्री देखेको छैन, जुन देशमा दुवै खालका सिनेमा नहून्,” उनी भन्छन्, “आर्टहाउस र कमर्सियल दुवै सिनेमा समानान्तर रूपमा अगाडि बढेका उद्योग नै विकासित छन् । कुनै एक खालका सिनेमाले मात्रै चलचित्र उद्योग बलियो हुँदैन ।”

नेपालमा तुलनात्मक रूपमा आर्टहाउस सिनेमा कम बनिरहेको र यसलाई अगाडि बढाउन सबैको उत्तिकै सहयोग आवश्यक रहेको उनको धारणा छ । “कमर्सियल सिनेमा बनिरहेका छन् । चलिरहेका पनि होलान् । तर, आर्टहाउस मुभी कम बनिरहेका छन् । यस्ता सिनेमालाई हामी सबैले पुस गर्नुपर्छ,” सौगात थप्छन्, “यस्ता सिनेमा बनाउन प्रोडुसर नै पाइँदैन । हामी आफैँले भोगिरहेको समस्या हो । त्यसैले म बारम्बार भनिरहेको हुन्छु– आर्टहाउस सिनेमा पनि त्यति नै बन्नुपर्छ, जति कमर्सिल सिनेमा बनिरहेका छन् ।”

आर्टहाउस मुभीका दर्शक कम रहेको उनी बताउँछन् । यस्ता सिनेमा अरूभन्दा फरक हुन्छन् भनेर मानसिक रूपमा नै तयार भएर हेर्नुपर्नेमा उनी जोड दिन्छन् । मास अपिलिङ सिनेमा र आर्टहाउस मुभीमा ठूलो भिन्नता रहने भन्दै सौगात स्पष्ट पार्छन्, “लुट, कबड्डीजस्ता सिनेमालाई किन ग्लोबल अडियन्सले वास्ता गर्दैनन् ? तर, कन्टेन ओरियन्टेड सिनेमा किन ल्याउन हामी हेर्छौँ भनेर भन्छन् ? यी सिनेमा हेर्दा फरक के हो, छुट्टिन्छ ।”

आफ्नो देशको कथा विश्वमा पुर्‍याउन र इन्टरटेनमेन्ट दुवैका लागि सिनेमा बनाइने गरेको उनको भनाइ छ । “सबैको आ–आफ्नै कथा छ । सबैसँग कथा छ, जो विश्वसँग छैन । यसका लागि पनि हामीले सिनेमा बनाउनुपर्छ,” सौगात अगाडि भन्छन्, “हामीले सिनेमामार्फत आफ्ना कथा ग्लोबल अडियन्ससामु पुर्‍याउनुपर्छ । यसका लागि सिनेमा बन्नुपर्छ । हामीले बनाउनुपर्छ । बनाउने व्यक्तिलाई सहयोग गर्नुपर्छ ।”

निर्माता रामकृष्ण पोखरेल निर्देशकले केका निम्ति सिनेमा बनाउन खोजेको पहिला त्यो हेरेर लगानी गर्ने अथवा नगर्ने निर्णयमा पुग्ने गरेको बताउँछन् । “आफूसँग कोही निर्देशक आएर स्टोरी न्यारेट गर्छ भने त्यसको उद्देश्य र प्रभाव के हो भनेर खोज्छु,” रामकृष्ण भन्छन्, “सिनेमा किन बनाउन लागेको हो ? भिजन के हो ? कुन वेबाट कथा भन्न लागेको हो श्र किन कथा भन्न लागेको हो ? कथाभित्रको क्यारेक्टरको भ्यालु के हो भन्ने हेरेर मात्रै लगानीको निर्णयमा पुग्छु ।”

इन्टरटेनमेन्टका निम्ति मात्र आफूले सिनेमा नबनाउने गरेको उनी स्पष्ट पार्छन् । “हाम्रो कम्पनी र मेरो उद्देश्य ग्लोबल अपिल गर्ने सिनेमामा मात्र प्रोडुस गर्नु हो । हामीले कथा भन्ने सिनेमाको ग्लोबल अपिल कति छ भन्ने हो,” उनी भन्छन्, “ग्लोबल अडियन्सलाई हाम्रो कथा देखाउन हामीले सिनेमा देखाउने हो । हामीले बनाएको सिनेमा नेपालमा मात्रै होइन, विश्वको कुनै पनि कुनामा लगेर देखाउन सकियोस् ।”

कथा, पात्र र कथ्यशैलीमार्फत नेपाललाई चिनाउन आफूले सिनेमा बनाउने गरेको उनी बताउँछन् । तत्कालका निम्तिभन्दा पनि दीर्घकालीन हिसाबले आफूले सिनेमामा लगानी गर्ने गरेको उनको भनाइ छ । कथा भनिसकेपछि त्यसको दूरगामी प्रभाव पानुपर्छ भन्ने उनको मान्यता छ ।

“सिनेमा बनाएपछि त्यसको प्रभाव लामो समयसम्म परोस् भन्ने हाम्रो चाहना हुन्छ । भोलि हाम्रा छोरोछोरी विभिन्न देशमा जालान्, विश्वभरका मान्छेलाई भेट्लान्, साथी बनाउलान्,” रामकृष्ण भन्छन्, “त्यो बेला कुरा हुने भनेको खानाको, ठाउँको, संस्कार र संस्कृतिको, वेशभूषाको हुन्छ । सिनेमा, आर्टका कुरा हुन्छ, त्यति बेला हाम्रा छोराछोरीले यो नेपाली सिनेमा हो भनेर देखाउन सक्ने सिनेमा बनाउनुपर्छ भनेर लगानी गर्ने हो ।”

आज हेरेर भोलि बिर्सने सिनेमामा आफ्नो आकर्षण नरहेको र रोजाइमा पनि नपर्ने उनी बताउँछन् । आजको सिनेमाको आयु ५०औँ वर्षसम्म होस् र त्यसले देशको प्रतिनिधित्व गरोस् भन्ने उद्देश्यले आफूले सिनेमा बनाउने गरेको रामकृष्ण दोहोर्‍याउँछन् ।

कथाप्रधान सिनेमालाई नेपालमा सहज नरहेको उनको अनुभव छ । फाइनान्स जुटाउनदेखि वितरण र प्रदर्शनसम्म समस्या रहेको उनको गुनासो छ । “यही सिनेमाले थोरै शो पाउला । यहाँ व्यक्ति मात्रै होइन, सिस्टमले नै कन्टेन ओरियन्टेड सिनेमालाई न्याँक्दै न्याँक्दै लैजान्छ,” उनी भन्छन्, “यो अवस्था चिर्न पनि आर्टहाउस सिनेमा निर्माणको रोजाइमा पर्नुपर्छ ।” देशको इतिहास र पहिचान बोल्ने सिनेमा मेकरको रोजाइमा पर्नुपर्नेमा उनी जोड दिन्छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १२:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय