site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
देउवाको प्रस्ताव पदाधिकारीबाट खारेज, भोलि आकांक्षीसँग छलफल गरिने
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसको संसदीय बोर्डमा सभापति शेरबहादुर देउवाले इलाम–२ मा डम्बर खड्काको पक्षमा निर्णय गर्न प्रस्ताव राखेका छन् ।

जिल्लाबाट प्रदेश हुँदै सात जनाको नाम सिफारिस भए पनि देउवाले पहिलो नम्बरमा सिफारिस भेषराज आचार्य र तेस्रो नम्बरमा सिफारिस भएका इलाम जिल्ला सभापति खड्काको नाममात्रै प्रस्तुत गरेका छन् ।

तर, देउवाको प्रस्ताव पदाधिकारीहरूले खारेज गरिदिएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

बैठकमा सहभागी एक नेताका अनुसार देउवाले खड्का बहालवाला जिल्ला सभापति रहेको र ०७९ को चुनावमा ११४ मतको झिनो मतान्तरले हारेकाले उनलाई नै टिकट दिनुपर्ने तर्क राखेका थिए ।

तर, अरू पदाधिकारीहरूले जिल्ला कार्यसमितिबाटै भएको सिफारिसमा आचार्य १ नम्बर र खड्का तीन नम्बरमा रहेको, जिल्लाबाट आएको रिपोर्टमा आचार्यले जित्ने उल्लेख भएको सहितका कारण देखाएर देउवाको प्रस्ताव खारेज गरेका थिए । सभापतिको प्रस्तावले पार्टीलाई क्षति पुर्‍याउने उनीहरूको तर्क थियो ।

Global Ime bank

पदाधिकारीका तर्फबाट महामन्त्री विश्वप्रकाश शर्माले दुई जनाको नाममात्रै प्रस्तुत गर्नु नै ठिक नभएको बताएका थिए । उनले जिल्लामा सबै नेताको आआफ्नो भूमिका र योगदान रहेको बताउँदै जिल्लाबाट सिफारिस भएका सबै आकांक्षीको कुरा सुनेर उनीहरूको पनि चित्त बुझाएर निर्णय लिनुपर्ने तर्क राखेका थिए ।

बिहीबारको बैठकमा आकांक्षी उमेदवारलाई राखेर छलफल गर्ने तयारी गरिएको छ ।

सभापति देउवाले मंगलबारको बैठक स्थगित गर्दा बुधबार दिउँसो २ बजे संसदीय बोर्ड र ४ बजे कार्यसम्पादन समितिको बैठक डाकेका थिए । तर, संसदीय बोर्डको बैठक दिउँसो ३ बजे र कार्यसम्पादन समिति बैठक अपराह्न ५ बजे मात्र सुरु भएको थियो । करिब दुई–दुई घण्टा चलेको बैठकमा नेताहरू विभाजित भएर तर्क गर्नेबाहेक कुनै ठोस उपलब्धि नभएको ती नेताले जानकारी दिए ।

आज पनि देउवाले खड्काकै पक्षमा निर्णय गर्न जोडबल गरेका थिए । तर, देउवालाई मंगलबार महामन्त्री गगन थापासहित शेखर कोइराला र शशांक कोइरालाले दिएको दबाब र पदाधिकारीहरूको जिल्लाको रिपोर्टिङ अनुसार टिकट दिने दबाबले समस्या परिरहेको ती नेताको बुझाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १९:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय