काठमाडौं । सत्तासाझेदार जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक प्रदीप यादवले सांसद विकास कोष रोक्ने फैसलामा पुनर्विचार गर्न सर्वाेच्च अदालतलाई आग्रह गरेका छन् । सरकारले आगामी आर्थिक वर्षको बजेट बनाइरहेका बेला उनले उक्त कोष कार्यान्वयन नगर्न गरिएको फैसलामाथि पुनर्विचार गर्न सर्वोच्च अदालतको ध्यानाकर्षण गराएका हुन् ।
जनताले आफनो निर्वाचन क्षेत्रका जनप्रतिनिधिहरूलाई चिन्ने भएकाले पनि उक्त कोष न्यायालयले रोक्न नमिल्ने उनको तर्क छ । बुधबार प्रतिनिधिसभा बैठकमा प्रमुख सचेतक यादवले उक्त कोष पूर्वाधार विकास कार्यक्रम भएकाले त्यसको कार्यान्वयन सरकारले गर्नेतर्फ पनि सर्वोच्च अदालतको ध्यानार्कषण हुनुपर्ने बताए ।
उनले व्यवस्थापिकाको काममाथि न्यायपालिकाले हस्तक्षेप गर्न नमिल्ने जिकिर गरे ।