site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेसको अन्तिम अल्टिमेटम– छानबिन समिति नबने अबको बैठक चल्दैन 
SkywellSkywell

काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको विषयमा छानबिन नगरी कसैले उनलाई निर्दोष छन् भन्नुले थप शंका पैदा भएको बताएको छ । 

नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्माले संसद् कसैलाई दोषी करार गर्ने वा निर्दोष प्रमाणित गर्ने संस्था नभएको भन्दै छानबिन अनिवार्य भएको बताए । 

उनले अबको बैठकमा आउँदा संसदीय छानबिन समिति नबने संसद् चल्न नसक्ने चेतावनी दिए ।

Dabur Nepal
NIC Asia

उनले प्रधानमन्त्रीले निर्दोष छन् भन्दै गरेको भाषणले थप शंका जन्माएको बताए । 

महामन्त्री शर्माले भने, “सभामुख महोदय संसद् अवरोध नि गरेको भनेर हामीमाथि प्रश्न गरिँदैछ । संसद् लगातार चलिरहेको छ । हामीले उठाएका प्रश्न बेवास्ता गर्दै आकस्मिक रुपमा गृह मन्त्रीलाई रोष्ट्रममा पठाइयो भने हामीले संसद् अवरोध गर्नुपर्छ ।” 

उनले सरकारले विधेयक ल्याएर संसद् चल्ने र जबर्जस्ती गर्न खोजे अवरोध हुने स्पष्ट पारे । 

उनले गृहमन्त्रीलाई चोख्याउनका लागि संसद्को प्रयोग हुन नहुने भन्दै प्रधानमन्त्रीदेखि सांसदले निर्दोष नहुने भन्दै छानबिन रोकेर द्वन्द्व ननिम्त्याउन चेतावनी दिए । 

“यसो भन्दै गर्दा मलाई अकबर र बीरबलको कथा स्मरण हुँदैछ । चोरको दारीमा सिन्का भन्दा चोरले हतारहतार दारी छामेको थियो,” शर्माले भने, “गृहमन्त्रीजीमा जोस छ । हामी भन्दा ठूलो स्वरमा बोल्नु हुन्छ । रोष्ट्रममा गएर ठूलो स्वरमा म निर्दोष छु भनेर बोल्न मन होला । गृहमन्त्रीजीले संयोगले दारी पाल्नुभएको छ, आफ्नो दारी छाम्न हतार नगर्नुहोस् ।”

छानबिनको माग गर्दा कांग्रेसले प्रधानमन्त्री अफर गरेको चर्चा गरिएको भन्दै उनले त्यस्तो हल्ला खारेज गरिएको बताए । उनले त्यसो भनेर गृहमन्त्री नै चाहिन्छ भन्नेले प्रधानमन्त्री किन लिएन होला भन्दै व्यंग्यात्मक प्रश्न गरे । 

व्यक्तिगत सम्बन्ध हुने कसैले फोन गरेको भए त्यसलाई खारेज गरिदिने बताए । 

“स्वार्थ बाझिने विषय लगातार उठिसक्दा पनि गृहमन्त्री छानबिन रोक्न सकिन्छ कि भन्दै पदमा बसिरहँदा एउटा गीत सम्झदैछु –नाइ मलाई त्यही केटी चाहिन्छ भन्ने,” शर्माले भने, “यदि कांग्रेसले प्रधानमन्त्री अफर गरेको थियो भने कसैले भन्थ्यो होला –नाइ मलाई गृह मन्त्री चाहिन्छ ?” 

उनले विश्वभर रहेका नेपालीहरुलाई त्यसरी चलाइएका भ्रमपूर्ण हल्लामा प्रधानमन्त्री छोडेर किन गृहमन्त्री नै चाहिन्छ भनेर लागेको भनेर प्रश्न गर्न पनि सुझाव दिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  ११:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu