site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
विराट गोल्डकपमा सेमिफाइनल समीकरण पूरा

विराटनगर । विराटनगरमा जारी आठौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । मंगलबार अन्तिम क्वाटरफाइनलका खेल सम्पन्न भएसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको हो ।

विराटनगरको सहिद मैदानमा मंगलबार सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा मच्छिन्द्र एफसी काठमाडौंले कोलकाताको साउर्थन समिति एफसिलाई २–१ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

जितका लागि मच्छिन्द्रका विदेशी खेलाडी स्टेफन विनोङ नायक भए । टिमलाई सेमिफाइनलमा पुर्‍याउन दुवै गोल स्टेफनले गरे । खेलको प्लेयर अफ द म्याच पनि स्टेफन घोषित भए । उनले नगद ११ हजार पाए । कोलकाताको तर्फबाट सान्तवना गोल सोनु हल्दारले फर्काए ।

सेमिफाइनल प्रवेश गरेको मच्छिन्द्रले अब फाइनल प्रवेशका लागि बिहीबार सिक्किम ड्रागन भारतसँग सामना गर्दै छ । यसअघि घरेलु टिम सांग्रिला मोरङ एफए र विभाग्य टिम सशस्त्र प्रहरी बल (एपीएफ) सेमिफाइनलमा पुगिसकेका छन् । एपीएफले इटहरी गोल्डकप च्याम्पियन चर्च ब्वाइज युनाइटेड काठमाडौंलाई २–० गोलले हराउँदै सेमिफाइनलमा पुगेको थियो । घरेलु टिम सांग्रीलाले भुटानको आरटिसिएफसी ३–२ गोलले हराउँदै सेमिफाइनलको स्थान पक्का गरेको थियो । 

प्रतियोगिताअन्तर्गत पहिलो सेमिफाइनल खेलमा बिहीबार सांग्रिला र विभाग्य टिम एपीएफबीच प्रतिस्पर्धा हुनेछ । 

अन्तिम क्वाटरफाइनलमा मच्छिन्द्रका विदेशी स्टेफन विनोङले खेल सुरु भएको १०औँ मिनेटमा गोल गरी टिमलाई अग्रता दिलाए । मनिष डाँगीले निकालेको क्रस पासलाई स्टेफनले मध्य भागबाट वललाई एक्लै लगेर कोलकताका गोलकिपर सुरजक मल्किलाई बिट गर्दै उत्कृष्ट फिनिसिङ गरे ।

मच्छिन्द्रले अग्रता लिएको २२ मिनेट बित्न नपाउँदै कोलकताका सोनु हल्दारले ३२औँ मिनेटमा गोल गरी खेल बराबरीमा ल्याए । सत्रिय बक्सीले निकालेको पासलाई सोनुले गोल गरेका थिए ।

पहिलो हाफ १–१ गोलको बराबारीमा सकियो । दोस्रो हाफदेखि मच्छिन्द्रले आक्रमक खेल पस्कियो । खेलको ५५औँ मिनेटमा स्टेफन विनोङल गोल गर्दै मछिन्द्रलाई २–० को जित दिलाए । सनिश श्रेष्ठले निकालेको पासलाई स्टेफनले टच गर्दा आकर्षक गोल भयो । 

४१औँ मिनेटमा सत्रिय बक्सीले दायाँ बार च्यापेर प्रहार गोलेको बललाई मछिन्द्रका गोलपिकर विशाल श्रेष्ठले पन्च गरेर बारमाथिबाट फालिदिए । ४४औँ मिनेटमा मच्छिन्द्रका आयुश गलानले ३० यार्डदेखि गरेको प्रहार बारमा लागेर बाहिरिदा अग्रता तेब्बर बनाउने मौका गुमाए ।

४७औँ मिनेटमा स्टेफनले डिबक्स भित्रबाट गरेको कडा प्रहार कोलकाताका कप्तान सुमनले गोल हुनबाट उत्कृष्ट बचाए । गोलकिपर सुरज मल्कि अगाडि बढ्दा सुमनले गोल हुनबाट जोगाए ।

पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्न नसके पनि दोस्रो हाफमा कोलकताले केही राम्रो अवसर खेर फालेका थियो । ६५औँ मिनेटमा स्टिफिनले प्रहार पोस्ट नजिकबाट बाहिरिएको थियो । यस्तै, ७०औँ मिनेट मनिष डाँगीले पासमा स्टिफिनको प्रहार कोलकत्ताका गोलकिपर सुरज मल्किले उत्कृष्ट बचाउ गरे ।

कोलकाताका खेलाडीको फिनिसिङ पक्ष कमजोर रहँदा बारम्बार पाएको गोल गर्ने अवसर चुकाउँदा पहिलो खेलबाटै घर फर्किन बाध्य भयो ।

हारपछि कोलकाताका प्रशिक्षक सौमेन्दु कुन्दुले खेलाडीहरूको थुप्रै अवसर पाउँदा पाउँदै पनि फिनिसिङ पक्ष कमजोर हुँदा पराजय भएको बताए । 

यता मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानले खेलाडीहरूले योजना अनुसार आक्रमक खेल्दा नतिजा आफ्नो पक्षमा आएको बताए । सेमिफाइनलमा मंगलबार भएको क्वाटरफाइनलमा भएको गल्ती सच्याएर अगाडि बढ्ने बताए । सेमिफाइनलमा विमल घर्तीमगरलाई मैदानमा उतार्ने योजना रहेको उनले सुनाए ।

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  २२:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro