site stats
बाह्रखरी :: Baahrakhari
देश
पर्वतमा दम्पती मृतावस्थामा फेला
प्रतीकात्मक तस्बिर ।

पर्वत । पर्वतको जलजला गाउँपालिका–२, मल्लाजको दहमा एक दम्पती मृतावस्थामा फेला परेका छन् । स्थानीय ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी श्रीमती अन्दाजी ६७ वर्षीया कमला जिसी आफ्नै घरभित्र मृतावस्थामा भेटिएका हुन् ।

स्थानीयले श्रीमान्–श्रीमती नै मृतावस्थामा देखेपछि जिल्ला प्रहरी कार्यालय पर्वतमा खबर गरेका थिए । स्थानीयको खबरलगत्तै गएको प्रहरी टोलीले घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख एवं प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“घटनाको प्रारम्भिक अवस्था हेर्दा शंकास्पद देखिएको छ,” उनले भने, “पोखराबाट चिकित्सकसहितको टोली बोलाएर थप अनुसन्धानपछि मात्र घटनामा यकिन विवरण आउनेछ ।”

जलजला गाउँपालिका–२ का वडाअध्यक्ष प्रकाश जिसीले घरभित्रै हत्या भएको जस्तो प्रकृतिमा दम्पतीको शव बिहान ९ बजे भेटिएकोे जानकारी दिए । दुवैजना रगताम्य अवस्थामा भेटिएका थिए । उनका अनुसार, घरमा जिसी दम्पती मात्र बस्दै आएका थिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ । रासस

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १४:३६
प्रतिक्रिया दिनुहोस्