site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
शिक्षामन्त्रीको कार्यशैलीप्रति सत्तासाझेदार दलकै सांसदले उठाए प्रश्न
फाइल तस्बिर ।

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी) सांसद राजेन्द्र पाण्डेले शिक्षामन्त्री सुमना श्रेष्ठले प्रशिक्षार्थी कर्मचारी भर्ना गर्ने नीति लिएको भन्दै विरोध जनाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले शिक्षामन्त्री श्रेष्ठले तयार पारेको शिक्षा उत्प्रेरक कार्यविधिले राज्यको संयन्त्रलाई अविश्वास गरिएको जिकिर गरे ।

७४ हजार निजामती कर्मचारीलाई अविश्वास गरेर ल्याइने कार्यविधिले प्रशिक्षार्थी भर्ना गर्दा कर्मचारी प्रशासनमा कस्तो प्रभाव पर्ला सरकारले सोचेको छ ? भन्दै उनले प्रश्न गरे । उनले यो विषयमा प्रधानमन्त्री जानकार हो कि होइन भन्दै आफूखुसी जे मन लाग्यो त्यही गर्ने छुट शिक्षामन्त्रीलाई छ ? भनी प्रश्न गरे ।

Dabur Nepal
NIC Asia

“जे मन लाग्यो त्यही निर्णय गर्न पाइन्छ ? ७४ हजार निजामती प्रशासनलाई प्यारालाइज गर्न ल्याएको नीति हो यो,” उनले भने ।

उनले यो कार्यविधि कुन ऐनानुसार बनेको भन्दै ‘नयाँ कुरा यही हो ? नयाँ कुरा देखाउँछौँ भनेको यही हो ?’ भनी थप प्रश्न गरे ।

सबै मन्त्रीले आफू मातहतलाई विश्वास नगरे परिस्थिति कस्तो बन्छ भन्ने उनको प्रश्न थियो । उनले गृहमन्त्रीले प्रहरीले काम नगरेको भनेर प्रशिक्षार्थी भर्ना गर्ने र रक्षामन्त्रीले पनि नेपाली सेनालाई विश्वास नगरेर छुट्टै प्रशिक्षार्थी सैनिक ल्याउँछु भने हालत के हुन्छ भन्दै प्रश्न गरे ।

“आज गृहमन्त्रीले मेरो अन्डरका पुलिसले काम गरेनन् म छुट्टै पुलिस भर्ना गर्छु, रक्षामन्त्रीले छुट्टै सेना भर्ना गर्छु भन्न पाउने कि नपाउने ?,” उनले प्रश्न गरे ।

शिक्षामन्त्रीले यो विषयमा सदनमा आएर जवाफ दिन आवश्यक रहेको उनले बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १२:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro