site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सरकारी वेबसाइट 'डाउन'बारे संसद्‌मा उठ्यो प्रश्न
फाइल तस्बिर ।
Dabur Nepal
NIC Asia

काठमाडौं । सरकारका विभिन्न निकायका वेबसाइट 'डाउन' भइरहेको विषयमा संसद्‌मा कुरा उठेको छ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले मंगलबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा यसबारे कुरा राखेका हुन् ।

उनले भने, “गत बिहीबार र शुक्रबार प्रतिनिधिसभाको वेबसाइट नै डाउन भयो । बिहीबार अध्यागमन कार्यालयको सर्भर डाउन हुँदा यात्रुहरूले करिब चार घण्टा कुर्नुपर्‍यो, कयौँ उडान प्रभावित भए ।”

उनले यी विषयले डिजिटल सिस्टमप्रति सरकारको प्रतिबद्धता छैन भन्ने देखाएको उनले टिप्पणी गरे । “सोही दिन (बिहीबार) भन्सार विभागको वेबसाइट डाउन हुँदा पाँच घण्टा काम रोकियो,” सांसद पौडेलले प्रश्न गरे, “राज्यको मुख्य सम्पत्ति भनेको डाटा हो । राज्यले आफ्नो डाटाको सुरक्षा त गर्न सक्दैन नागरिकको डाटाको सुरक्षा कसरी गर्न सक्छ ?”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १२:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro