site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ज्याक मा, विश्व बैंकका अध्यक्षसहित ४६ जनाले पठाए आउन नसक्ने पत्र

काठमाडौं । सरकारले आयोजना गर्न लागेको तेस्रो लगानी सम्मेलनका लागि विभिन्न देशका उद्यमी एवं लगानीकर्तालाई निमन्त्रणा पठाइएको छ । 

आगामी वैशाख १६ र १७ गते काठमाडौंमा लगानी सम्मेलन हुँदै छ । सम्मेलनमा सरकारले विभिन्न देशका दर्जनौँ उद्यमी एवं सरोकारवालालाई निमन्त्रणा पठाएको छ ।

तीमध्ये चिनियाँ उद्यमी एवं अलिबाबाका संस्थापक ज्याक माले सम्मेलनमा सहभागी हुन नसक्ने जवाफ फर्काएका छन् ।

उनीसहित अन्य ४४ जनाले पनि सहभागी हुन नसक्ने पत्र सरकारलाई पठाएका छन् । 

नोकिया कर्पाेरेसन बोर्डकी अध्यक्ष सारी बाल्दफले पनि आफू सहभागी हुन नसक्ने जवाफ फर्काएकी छन् । 

वर्ल्ड बैंक ग्रुपका अध्यक्ष अजय बंगाले पनि सहभागी हुन नसक्ने जानकारी गराएका छन् ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) दक्षिण एसियाका निर्देशक हिबिनो ताकासी एवं महानिर्देशक इटो टेरुयुकीले पनि सहभागी हुन नसक्ने भनेका छन् ।

ओपेकको अन्तर्राष्ट्रिय विकास कोषकी लगानी प्रबन्धक फातिमा याकुबु, कोरियाको एक्सपोर्ट इम्पोकर्ट बैंकका महानिर्देशक चोई जेओङ–हुन, ग्रिन क्लाइमेट फन्डकी क्षेत्रीय विश्लेषक रोमा जियानिना पानोपियोले सहभागी हुन नसक्ने जानकारी गराएका छन् ।

यस्तै, एसियाली पूर्वाधार लगानी बैंकका प्रमुख पोर्टफोलियो प्रबन्धक आलोक दायलले पनि सहभागी हुन नसक्ने जवाफ फर्काएको बोर्डले जानकारी दिएको छ ।

सम्मेलनका लागि बोर्डले ९०० भन्दा बढीलाई निमन्त्रणा पठाएको छ । सोमबार अपराह्न ५ बजेसम्म ९१ जनाले निमन्त्रणा स्वीकारेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  ०९:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro