site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लगानी सम्मेलनमा ९०० भन्दा धेरैलाई निम्तो, अहिलेसम्म ९१ जनाले मात्र स्वीकारे !

काठमाडौं । सरकारले तेस्रो लगानी सम्मेलनको तयारी तीव्ररूपमा अगाडि बढाको छ । आगामी वैशाख १६ र १७ गते तेस्रो लगानी सम्मेलन हुँदै छ । सम्मेलनमा विश्वका प्रख्यात लगानीकर्तालाई वक्ताको रूपमा निम्तो गरिएको छ । तर, अहिलेसम्म ९१ जनाले मात्र निम्तो स्वीकारेका छन् ।

सचिवालयको जिम्मा पाएको लगानी बोर्डले सम्मेलनमा आउने पाहुनाहरूको 'सर्टिङ' गरिरहेको छ । उसले निम्तो पठाएकाहरूमध्ये सहभागी हुनेहरूको तथ्यांक संकलन गरिरहेको छ ।

सोमबार बेलुकासम्म स्वदेशी तथा विदेशी गरी ९१ जना लगानीकर्ता तथा विकास साझेदारले निम्तो स्वीकार गरेका छन् । बोर्डले ९०० भन्दा बढीलाई लगानी सम्मेलनमा सहभागी हुन निम्तो पठाएको थियो ।

लगानी सम्मेलनमा हाइड्रो, सडक पूर्वाधार, प्रविधि, उद्योग, शिक्षासहित १३२ वटा परियोजना प्रस्तुत गर्ने सरकारको तयारी छ । यी परियोजनामा सरकारी तथा निजी क्षेत्रलाई पनि समेटिएको छ ।

निजी क्षेत्रले सिक्लेस अन्नपुर्ण केबलकार, जाल्पादेवी केबलकार, भक्तपुर आइसल्यान्ड रिसोर्ट एन्ड वाटरल्यान्ड, मध्य कालिगण्डकी हाइड्रोइलेक्टिक, टिप्ल्याङ कालिगण्डकी हाइड्रोइलेक्टिक, आईएमई सिमेन्ट र काठमाडौं टेक्निकल स्कुलमा लगानी भित्र्याउन प्रस्ताव गरेको छ ।

सरकारले विदेशी लगानी भित्र्याउन व्यापक गृहकार्य गरिरहेको मन्त्रीहरू बताउँछन् । अर्थमन्त्री वर्षमान पुनले पनि लगानी सम्मेलनमा विकास साझेदारहरूलाई सहयोग गर्न आग्रह गर्दै आएका छन् । उनले नेपालस्थित विदेशी राजदूतहरूलाई भेटेर लगानी सम्मेलनमा लगानीकर्तालाई सहभागी गराएर लगानी गर्न प्रोत्साहन गर्न आग्रह गर्दै आएका छन् ।

भेटको क्रममा उनीहरूले पनि आफ्नो पक्षबाट सहयोग हुने बताएको स्रोत बताउँछ । तर, अहिलेसम्म विश्वका चर्चित लगानीकर्ताले लगानी सम्मेलनमा सहभागी हुने प्रतिबद्धता जनाएका छैनन् ।

सचिवालयका अनुसार विश्व बैंक, एसियन डेभलपमेन्ट बैंक (एडीबी), इन्टरनेसनल फाइनान्स कर्पाेरेसन (आईएफसी), इन्टरनेसनल मनिटरी फन्ड (आईएमएफ) लगायत विकास साझेदारहरूले सम्मेलनमा आउने जानकारी दिएका छन् ।

त्यस्तै, कोरिया, जापान, अस्ट्रेलियाका केही लगानीकर्ताले पनि सहभागी जनाउने जानकारी पत्रमार्फत गराएका छन् । केहीले भने आफूहरू कार्य व्यस्तताका कारण सहभागी हुन नसक्ने जानकारी दिएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १९:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro