site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अदालतका काम कारबाही व्यवस्थित हुँदै गएका छन् : प्रधानन्यायाधीश श्रेष्ठ
फाइल तस्बिर ।

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले विगतको तुलनामा अहिले अदालतका काम कारबाही व्यवस्थित हुँदै गएको दाबी गरेका छन् । सोमबार चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले मुद्दालाई निश्चित समयमा सक्नुपर्ने ध्येयबाट नै अदालत अघि बढिरहेको बताए ।

उनले अदालतमा अहिले धेरै पुराना मुद्दाहरू नरहेको जिकिर गर्दै सबैभन्दा पुरानो मुद्दा भनेकै २०६७ सालसम्मको रहेको बताए । उनले १० वर्ष नाघेका मुद्दा जम्मा ४० थान मात्रै रहेको पनि जानकारी दिए ।

Dabur Nepal
NIC Asia

मुद्दाहरूलाई कानुनी बाटो अपनाएर छिटो छरितो गर्ने काममा प्रतिबद्ध रहेको उनको भनाइ छ ।

"हामीसँग धेरै पुराना मुद्दाहरू छैनन् । धेरै पुराना भनेको ०६७ सालका मुद्दाहरू छन् । ती मुद्दाहरूलाई हामीले पक्षबाट न्यूनीकरण गर्नका निम्ति काम गरिरहेका छौँ । अहिले हामीसँग १० वर्ष नाघेका मुद्दा जम्मा ४० थान मात्रै छन्," उनले भने ।

प्रधानन्यायाधीश श्रेष्ठले जिल्ला अदालतहरूमा आवश्यक पर्ने न्यायाधीशहरूको व्यवस्थापन विस्तारै हुँदै जाने पनि बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १७:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro