खेल
काठमाडौं । नेपाल ‘ए’ का राशिद खानले अन्तिम ट्वान्टी–२० खेलमा आयरल्यान्ड वुल्भ्सको शतकीय साझेदारी तोडेका छन् ।
सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याइरहेको वुल्भ्सले १७.४ ओभरमा ६० रन बनाएका मोर्गन टोपिङलाई गुमाएको हो । मोर्गनले ५२–४ को स्थितिबाट ग्यारेथ डेलानीसँग पाँचौँ विकेटका लागि १२९ रनको साझेदारी गर्दै वुुल्भ्सको इनिङ सम्हालेका थिए । नेपालका राशिदले टोपिङलाई पवन सर्राफबाट क्याच गराए ।
जारी खेलको १८ ओभर समाप्त हुँदा वुल्भ्सले पाँच विकेट गुमाएर १८२ रन बनाएको छ । त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २१३ रनको योगफल खडा गरेको थियो ।
प्रकाशित मिति: सोमबार, चैत १९, २०८० १६:३६
प्रतिक्रिया दिनुहोस्