site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मधेसमा एसईईमा चिट चोराइएको दोष सीडीओ, एसपी र निरीक्षकले लिनुपर्छ : सांसद झा
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले मधेस प्रदेशमा एसईईमा चिट चोराइएको विषयको दोष त्यहाँका प्रमुख जिल्ला अधिकारी, एसपी र निरीक्षकहरूले लिनुपर्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले मधेसका विभिन्न जिल्लामा एसईईमा चिट चोराइएको र आममधेसीलाई दोष दिइएको उल्लेख गरे । उक्त विषयमा उनले सम्पूर्ण मधेसीलाई दोष नदिन आग्रह गरे ।

उनले सरकारले खटाएका प्रमुख जिल्ला अधिकारी, एसपी र निरीक्षकहरूले चिट चोर्न छुट दिएको जिकिर गरे । चिट चोराउनुमा मधेसको कुनै दोष नभएको उनको भनाइ छ ।

उनले सरकारले मधेसमा हुँदै गरेको परीक्षालाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिए । सम्बन्धित अधिकारीको त्रुटिका कारण त्यसको मूल्य आउँदा दिनमा मधेसले नतिर्ने उनले स्पष्ट पारे । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १२:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro