site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
हावाहुरीका घटनाबाट ज्यान गुमाउनेका परिवारलाई राहत दिन सांसदको माग
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)का सांसद ठाकुर गैरेले हावाहुरीबाट ज्यान गुमाएकाको परिवारलाई राहत दिन माग गरेका छन् । शनिबार आएको हावाहुरीले रुख ढल्दा पाल्पाको तानसेनका २० वर्षीय भुवन सिञ्जालीको मृत्यु भएको थियो । 

सोमबारको प्रतिनिधिसभा बैठकमा उनले परिवारलाई राहत उपलब्ध गराउन माग गरेका हुन् । त्यस्तै, हावाहुरीले रिब्दीकोट गाउँपालिकामा आठ करोड बराबरको अकबरे खुर्सानी, कागती र सुन्तला करिब साढे तीन करोड बराबरको क्षति भएको भन्दै राहत उपलब्ध गराउन माग गरेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले असिना पानीसहितको हावाहुरीले स्कुलका छाना, घरका छाना उडाएको बताए । “पीडित किसानलाई सरकारले राहत उपलब्ध गराओस्,” गैरेले भने । 

उनले बर्सेनि वनजंगलमा डढेलो र हावाहुरीबाट हुन सक्ने सम्भावित क्षतिको अनुमान गरेर न्यूनीकरण गर्नुपर्ने बताए । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  ११:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय