site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
वित्तीय संकटमा परेको गुण एयरलाइन्स इजाजत र ‘एओसी’ गुमाउँदै 
Sarbottam CementSarbottam Cement

काठमाडौं । वित्तीय संकटमा परेको गुण एयरलान्स अब इजाजतपत्र पनि गुमाउने स्थितिमा पुगेको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको हवाई महाशाखाद्वारा जारी इजाजतपत्र पनि गुमाउने अवस्थमा पुगेको हो । 

महाशाखाले ‘आर्थिक क्षमता, संस्थागत संरचना, प्राविधिक र व्यवसायिक योजना’ अध्ययन र विश्लेषण गरेर इजाजतपत्र दिन्छ । कुनै पनि वायुसेवा कम्पनी सञ्चालन गर्ने संस्थाले अनिवार्य रुपमा इजाजतपत्र लिनुपर्ने हुन्छ ।
 
उक्त इजाजतपत्र हरेक चार÷चार वर्षमा नवीकरण गर्नुपर्ने हुन्छ । गुण एयरलाइन्सको पनि इजाजतपत्रको म्याद सकिन लागेको प्राधिकरण स्रोतले बाह्रखरीलाई जानकारी दियो ।  उता, उक्त इजाजतपत्र जोगाउन गुण एयरलाइन्स कसरतमा लागेको छ । इजाजतपत्र नवीकरण गर्न नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको पनि सिफारिस चाहिन्छ । 

उक्त  सिफारिसपत्र बनाइदिन आग्रहसहित प्राधिकरणमा गुण एयरलाइन्सका व्यवस्थापक प्राधिकरणसम्म पुगेको एक उच्च अधिकारीले जानकारी दिए । प्राधिकरणलाई तिर्न बाँकी बक्यौता बुझाएमा मात्र सिफारिस हुन्छ भनी प्राधिकरणले जवाफ दिएको थियो । त्यसपछि सम्पर्कमा नआएको ती उच्च अधिकारीको भनाई छ ।

Prabhu Bank
Agni Group
NIC Asia

एओसी पनि खारेजी प्रक्रिया मै

प्राधिकरणले गुण एयरलाइन्सलाई यसअघि एयरलाइन्स अप्रेटर सर्टिफिकट (एओसी) निलम्बन गर्ने निर्णय गरिसकेको छ । गुणको जहाज ग्राउन्डेड भएको १३ महिना भइसकेको छ । प्राधिकरणले २०७९ फागुन १ गतेदेखि सबै जहाज ग्राउन्डेड गरेर गुणको ‘वित्तीय अडिट’ सुरु गरेको थियो ।

Global Ime bank

अडिटका क्रममा गुणको वित्तीय अवस्था एकदमै कमजोर देखिएको थियो । अडिट गर्दा पाइटल र कर्मचारीलाई समेत लामो समयदेखि तलबभत्ता नदिएको भेटिएको प्राधिकरणका एक उच्च अधिकारी बताउँछन् ।

त्यसलगतै प्राधिकरणले गुणको एओसी निलम्बन गरेको थियो । कानुन अनुसार एओसी निलम्बन गरेको ६ महिनापछि लिलामीको प्रक्रिया अघि बढ्छ । लिलामी प्रक्रियामा जानुभन्दा पहिला सफाइका निम्ति एक मौका दिनुपर्ने हुन्छ । उक्त प्रक्रियाअनुसार प्राधिकरणले गुणलाई पत्र पठाएका थियो ।

त्यसको जवाफमा गुणले एटीआर जहाज भित्र्याउँदै उडान सुरु गर्ने योजनासहितको निवेदन प्राधिकरणमा बुझाएको थियो । तर, लामो समय बितिसक्दा पनि जहाज खरिद अघि बढाउन सकेको छैन ।

गुणले प्राधिकरणलाई पनि सेवा शुल्कवापत चार करोड ५० लाख रुपैयाँ बक्यौता तिर्न बाँकी भएको प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए । उक्त उक्त बक्यौता पनि लामो समय भइसक्दा पनि नतिरेको भुलले बताए ।

“हामीले पत्र पठाएका थियौं । त्यसपछि नयाँ एटीआर ल्याएर उडान सुरु गर्ने र बक्यौता तिर्ने तयार भएको छ,” प्राधिकरणका सह–प्रवक्ता ज्ञानेन्द्र भुलले बाह्रखरीसँग भने, “त्यो पनि धेरै लामो समय बितिसक्दा पनि कुनै प्रक्रिया अघि बढाएको देखिँदैन ।”

कम्पनीले तिर्नुपर्ने सबैको बक्यौता र तलबभत्ता दिएपछि सिफारिसपत्र दिने वा नदिने भन्ने विषयमा छलफल हुने स्रोतले बतायो ।

“प्राधिकरणलाई तिर्न बाँकी रहेको बक्यौता, पाइलट र कर्मचारीको तलबभत्ता तिरेपछिमात्र इजाजतपत्र नवीकरणका लागि सिफारिस दिने वा नदिने भन्ने विषयमा हामीले छलफल गर्छौँ,” स्रोतले बाह्रखरीसँग भन्यो ।

उडान गर्न सक्ने अवस्थामा छैनन् पुरानो जहाज

गुणसँग १८ सिट क्षमताको सातवटा विमान छन् । जसमा यति एयरलाइन्ससँग किनेको पाँचवटा जेट स्ट्रिम विमान र दुईवटा पुरानो सिम्रिक एयरलाइन्ससँग रहेको बिचक्राफ्ट विमान रहेको छ ।

यी जहाज पनि उडान गर्नसक्ने अवस्था नरहेको प्राधिकरणका एक उच्च अधिकारी बताउँछन् । त्यसको कारण हो, जहाजको प्रत्येक पार्टका आयु सकिसकेको छ । जेट स्ट्रिमको जहाजको ‘फ्लाइङ आवर’ (उडान समय) इन्सिडेन्ट हेर्दा पनि उडान गर्न दिने अवस्था नरहेको ती उच्च अधिकारी बताउँछन् ।

यति इजाजतपत्र र एओसी खारेज भएमा पुनः सुरुबाट नै प्रक्रियामा आउनुपर्ने हुन्छ । गुणको वित्तीयदेखि जहाजको अवस्था हेर्दा उाडन गर्न सक्ने अवस्था देखिँदैन । त्यस हिसाबले जोखाउन खेलमा लागेको एक उच्च अधिकारी बताउँछन् ।

“गुणका कुनै पनि जहाज उडानयोग्य छैनन्, यही अवस्थामा ती जहाज चलाउँछु भन्यो भने प्राधिकरणले अनुमति दिन मिल्दैन,” स्रोतले बाह्रखरीसँग भन्यो, “ एटीआर ल्याउँछु भनेको पनि एक वर्ष भइसक्न लाग्यो । यो हेर्दा इजाजतपत्र र एओसी जोखाउने जोखाउने खेलमात्र देखिन्छ ।”

ग्राउन्डेड किन र कहिले भएको थियो ?

सन् २०२१ देखि उडान सुरु गरेको गुण एयरलाइन्सलाई प्राधिकरणले गत वर्ष २०७९ फागुन १ गतेदेखि सबै जहाज ग्राउन्डेड गरिदिएको थियो । पाइलट र कर्मचारीलाई समयमा तलबभत्ता नदिएको भन्दै ग्राउन्डेड गरेको थियो । त्यसलगतै प्राधिकरणले वित्तीय ‘अडिट’ ग¥यो । अडिटको क्रममा गुुणको वित्तीय अवस्था कमजोर देखियो । 

वित्तीय अडिटअनुसार एयरलाइन्सले प्राधिकरणलाई चार करोड ५० लाख रुपैयाँ तिर्न बाँकी छ । उक्त समयमा तीन महिनादेखि पाइलट र कर्मचारीलाई तीन महिनादेखिको तलबभत्ता नदिएको पनि भेटिएपछि जहाज ग्राउन्डेड भएको थियो । 

गुण एयरलाइन्सले पोखरा, जनकपुर, विराटनगर, भरतपुर, भैरहवा, नेपालगञ्ज, सुर्खेतलगायतका गन्तव्यमा उडान गर्दै आएको थियो ।  सुन चाँदी व्यवसाय हुँदै घरजग्गाबाट एयरलाइन्स व्यवसायमा प्रवेश गरेका राजेन्द्र शाक्य यसअघि समेत समस्यामा परेका थिए । 

गुण एयरलाइन्स समस्यामा परेपछि उनको सहकारी तथा अन्य व्यवसायसमेत समस्यामा परेका थिए । त्यसपछि २०२१ मा एक अर्ब लगानीमा पुनः गुण एयरलाइन्स चलाउने निर्णय गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  ११:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement