
काठमाडौं । वागीश्वरी कलेजको पत्रकारिता तथा आमसञ्चार विभागको आयोजनामा गरेर सिक्न र सिकाउन अन्तर्राष्ट्रिय पत्रकारितासम्बन्धी दुई हप्ते गोष्ठी मंगलबारबाट सुरु भएको छ ।
पत्रकारितासम्बन्धी अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका अभ्यास, नयाँ पद्धति, पत्रकारिता कानुन, पत्रकारिता इतिहास तथा आचारसंहितासम्बन्धी कार्यपत्रहरू दुई हप्तासम्म जारी रहने पत्रकारिताका अध्यापक पूर्ण दुवालले बताए ।
मंगलबारबाट कलेजमा सुरु भएको गोष्ठीमा विभिन्न अध्येता विद्यार्थीहरूले कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ ।
गोष्ठीअन्तर्गत प्रत्येक दिन फरक फरक देशको पत्रकारिताको विषयमा कार्यपत्र प्रस्तुत गरिने कलेजले उल्लेख गरेको छ । गोष्ठीको पहिलो दिन जर्मनीको पत्रकारिताका इतिहास, कानुन र आचारसंहिताको कार्यपत्र प्रस्तुत गरिएको थियो ।