देश
पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकामा आइतबार जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । अन्नपूर्ण–४, भदौरे देउरालीनजिक थामडाँडा घुम्तीमा पोखराबाट सल्यानतर्फ जाँदै गरेको जीप दुर्घटना भएको हो ।
ग१ज ५५४७ नम्बरको जीप सडकबाट करिब २५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल कालिका गणका गणपति एसपी अरुण शर्माका अनुसार, जीपमा सवार १० जनाको जीवितै उद्धार गरिएको छ ।
मृतकको पहिचान खुल्न बाँकी छ । जीपमा थप व्यक्ति पनि हुन सक्ने आशंकासहित खोजीकार्य जारी राखिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, चैत १८, २०८० १७:५९
प्रतिक्रिया दिनुहोस्