
काठमाडौं । अमेरिकी दूरसञ्चार (टेलिकम्युनिकेसन) कम्पनी एटीएन्डटीका सात करोड ३० लाख प्रयोगकर्ताका डाटा लिक भएको छ ।
हालका र पूर्व प्रयोगकर्ताको ठेगाना, सामाजिक सुरक्षा नम्बर, इमेल, जन्म मिति र पासकोडलगायत जानकारी डार्क वेबमा राखिएको हो ।
कम्पनीले ७६ लाख हालका प्रयोगकर्ता र ६ करोड ५४ लाख पूर्व प्रयोगकर्ताको डाटा लिक भएको जनाएको छ ।
एटीएन्डटीले डाटा चोरी भएको प्रमाण नपाएको तर साइबर सुरक्षा विज्ञले अनुसन्धान गरिरहेको बताएको छ । कम्पनीले अहिले ग्राहकको पासकोड रिसेट गरेको बताएको छ ।
कम्पनीले प्रयोगकर्ताहरूलाई अकाउन्टको गतिविधि र क्रेडिट रिपोर्टबारे सर्तक रहन आग्रह गरेको छ ।
डाटा आफ्नो सिस्टमबाट ह्याक भयो वा तेस्रो पक्षबाट भन्ने स्पष्ट नभएको कम्पनीले जनाएको छ ।
फाइभजीकै २९ करोड प्रयोगकर्ता रहेको एटीएन्डटी अमेरिकाको सबैभन्दा ठूलो मोबाइल तथा इन्टरनेट सेवा प्रदायक हो ।
बीबीसीबाट ।