site stats
बाह्रखरी :: Baahrakhari
देश
ट्याक्सी दुर्घटना : त्रिशूली नदीमा बेपत्ता भेटिएनन्,  खोजी कार्य जारी
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौंबाट गोरखातर्फ गइरहेको ट्याक्सी त्रिशूली नदीमा खस्दा बेपत्ता भएका एकजना अझै भेटिएका छैनन् ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार गोरखा नगरपालिका–७ बस्ने १८ वर्षीय विवश रोका बेपत्ता छन् । उनको खोजी कार्य जारी छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

शनिबार भएको दुर्घटनामा ट्याक्सीमा सवार पाँचजनाको मृत्यु भएको थियो । प्रहरीका अनुसार ट्याक्सी चालक गोरखा नगरपालिका–७ का ३५ वर्षीय अर्जुन सिर्मल, सोही ठाउँका ४१ वर्षीया हरिमाया रोका, ७० वर्षीया जुनकिरी रोका, २८ वर्षीया अञ्जना रोका, आठ वर्षीय बालक आगमन उपरकोटीको मृत्यु भएको छ । 

शनिबार बिहान सवा ७ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिकबाट बा २ ज ४१९६ नम्बरको ट्याक्सी नदीमा खसेको थियो ।

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १०:००
प्रतिक्रिया दिनुहोस्