site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
श्री एयरको २५ वर्षे यात्रा– हेलिकोप्टरदेखि सर्वाधिक वायुयान कम्पनीसम्म
Sarbottam CementSarbottam Cement

काठमाडौं । दुई जहाज मंगलबार थपेसँगै श्री एयरलाइन्स नेपालमा धेरै हेलिकोप्टर र जहाज हुने वायुयान कम्पनी बनेको छ ।

२०५५ सालमा हेलिकोप्टरबाट नेपाली उड्डयन क्षेत्रमा श्री एयर प्रवेश गरेको थियो । स्वर्गीय उद्योगपति  बनवारीलाल मित्तलले ६३ वर्षको उमेर वायुसेवा कम्पनी सञ्चालनमा ल्याएका थिए ।

दुर्गम तथा विकट, हिमाली क्षेत्रहरूमा खाद्यान्न ढुवानी, पर्यटकीय क्षेत्रमा आकस्मिक उद्धार तथा पर्यटकीय सामानहरू ढुवानी, निर्माण सामाग्री, जल विद्युत्का र सडक आयोजनाका निर्माण गर्न विशेष प्रकारका मेशिनरी ढुवानी गर्न कम्पनीले हेलिकोप्टर उडान सुरु गरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

स्थापनाकालमा श्री एयरको नाम थियो, ‘एयर अनन्या’ । पछि २०५९ फागुन ३० मा कम्पनीको नाम परिवर्तन गरी ‘श्री एयर’ राखेको हो । उक्त कम्पनी छोटो समयमा नै नेपालको सबैभन्दा ठूलो हेलिकप्टर कम्पनी हुन सफल भयो ।

श्री एयरसँग हाल १० वटा विमान र ८ वटा हेलिकोप्टर गरी १८ वटा वायुयान पुगेको छ । कम्पनीसँग ५० सिटको सिआरजे २०० जेट जहाज दुई वटा छन् भने ७० सिटको सिआरजे ७०० जेट जहाज दुई वटा छ । यस्तै मंगलबार दुई जहाज भित्र्याएसँगै ८० सिटको ड्यास ८–क्यू ४०० जहाजको संख्या ६ पुगेको छ ।

Global Ime bank

श्री एयरसँग २४ सिटको ट्वीन इन्जिन हेभ्भि हेलिकोप्टर ६ वटा छन् भने पाँच सिटको सिङ्गल इन्जिन लाइट हेलिकोप्टर दुई वटा छन् । 

कम्पनीले सन् २०१७ बाट ५० सिट क्षमताको २ वटा सिआरजे २०० तथा ७० सिट क्षमताको २ वटा आर जे ७०० जेट जहाजबाट काठमाडौबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगंज, धनगढी आदि विमानस्थल र पर्वतीय उडान सुरु गरेको थियो । 

पछि सन् २०१९ देखि २ वटा र सन् २०२२ मा थप २ गरी ४ वटा ८० सिट क्षमताको क्यानाडा निर्मित क्यू ४०० ड्यास ८ जहाजहरूबाट थप पोखरा, सुर्खेत, जनकपुर तथा सिमरा गन्तव्यमा समेत सेवा बिस्तार गरेको थियो ।

श्री एयरले सुर्खेत, पोखरा, नेपालगञ्ज, धनगढी, भद्रपुर, विराटनगर, भैरहवा लगायतका गन्तव्यमा उडान गर्दै आएको छ । माउन्टेन फ्लाइट र कार्गाे उडान र नेपाल तथा दक्षिण एशिया क्षेत्रबाट संयुक्त राष्ट्र संघअन्तर्गतको विभिन्न शान्ति मिसन तथा डब्लुएफपीको हेलिकप्टरहरूबाट अन्तर्राष्ट्रिय चार्टर उडान समेत गर्दै आएको बजार कम्पनीका व्यवस्थापक अनिल मानन्धर बताउँछन् ।

तुम्लिङटार र भरतपुरमा पनि उडान गर्ने तयारी गरेको मानन्धर बताउँछन् । अन्तर्राष्ट्रिय उडान गर्ने समेत श्री एयरको योजना छ । भारतको विभिन्न सहर र भुटान पारोमा उडान गर्ने कम्पनीको योजना रहेका मानन्धर बताउँछन् । उनका अनुसार, त्यसका निम्ति तयारी भइरहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  ०९:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement