site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
हाइकुहरूको संग्रह ‘शाडेनफ्रोएडा’ लिएर उपस्थित भए कवि विप्लव प्रतीक

काठमाडौं । लेखनका विविध विधामा कलम चलाउँदै आएका कवि विप्लव प्रतीक अब हाइकुसंग्रह लिएर उपस्थित भएका छन् । विप्लवको नयाँ पुस्तक ‘शाडेनफ्रोएडा’ शनिबार साहित्यिक जमघटका बीच विमोचन गरिएको छ ।

संगीतकार न्ह्यु बज्राचार्य, अभिनेता सुनील थापा र सांगीतिक अभियन्ता रिन्छेन योञ्जनलाई पुस्तक हस्तान्तरण गरेर लेखकले आमपाठकमाझ यसलाई पस्केको घोषणा गरेका थिए । कार्यक्रमको सुरुआतै विप्लवले उपस्थितको स्वागतमा रचित हाइकु सुनाएर गरेका थिए ।

पुस्तकमा दर्दको काव्यिक अभिव्यक्तिबाट मिल्ने सन्तुष्टि अर्थात् जर्मनीको ‘शाडेनफ्रोएडा’लाई आवरणमा राख्दै फराकिलो दायरामा विस्तार गर्न खोजिएको छ । कवितासंग्रह, गीत, उपन्यास, नाटक, निबन्ध, पत्रकारिता, सिनेमा, वृत्तचित्र, अनुवाद र विज्ञापनका क्षेत्रमा आफ्ना पदचाप छाड्दै आएका विप्लवले सूक्ष्म काव्यिक अभिव्यक्ति मानिने हाइकुसंग्रह पहिलोपटक पाठकमाझ प्रस्तुत गरेका हुन् ।

“सन् २००६ तिर म यो विधासँग नजिकिएको हुँ,” उनले भने, “कविता सुनाउन भक्तपुर गएका बखत ख्यालख्यालमै लेखेको एउटा हाइकुले मलाई यहाँसम्मको यात्रा गराएको हो ।”

पुस्तकका अक्षरहरू कम्प्युटरका लिपि नभई स्वयं विप्लवकै हस्ताक्षरबाट मुद्रित छन् । पुस्तकभित्र अनुराग, सम्झना, खेद, दर्द, अश्रु, मनदह, सपना, जीवनध्वनि गरी आठखण्डमा हाइकु समेटिएको छ, जसले भावको आरोह–अवरोहयुक्त यात्रा गराउँछ ।

‘शाडेनफ्रोएडा’लाई पब्लिकेसन संस्था नेपालयले अडियो बुकका रूपमा पनि प्रस्तुत गर्दै छ । अर्थात्, सुन्नेले कविकै स्वरमा त्यसको आनन्द लिन सक्नेछन् ।

पुस्तकको प्रतिमूल्य ४९५ रुपैयाँ राखिएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  १७:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro