site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हात्तीको आक्रमणबाट महिलाको मृत्यु

दमक । जिल्लाको कमल गाउँपालिकामा गएराति हात्तीको आक्रमणमा एकजना महिलाको मृत्यु भएको छ । वडाध्यक्ष लालबहादुर विष्टका अनुसार  कमल गाउँपालिका–५ गुह्येश्वरी टोलकी ५८ वर्षीया खड्गमाया लिम्बूको मृत्यु भएको हो ।

छिमेकी पवित्रा बेघाको घरमा सुतिरहेका बेला राति ११ः५० बजे हात्तीले घर भत्काउँन थालेपछि भाग्ने क्रममा निजमाथि आक्रमण भएको थियो । उनको घटनास्थलमा नै मृत्यु भएको वडाध्यक्ष विष्टले बताए ।  

लिम्बू परिवार केही वर्षदेखि रतुवा माई वृक्षरोपण आयोजनाको जंगल हातामा कटेरो बनाई बस्दै आएका थिए । वर्ष दिनअघि सोही बस्तीमा हात्तीको आक्रमणमा परेर ५८ वर्षीय रोहित रेग्मीको मृत्यु भएको थियो । 

जिल्लाको शिवसताक्षीमा तीन दिनअघि हात्तीले आक्रमण गर्दा शिवसताक्षी–११ की ६० वर्षीया पवित्रा भेटवालको मृत्यु भएको थियो भने उनका श्रीमान् ६२ वर्षीय दिलीप भेटवाल गम्भीर घाइते भएका छन् ।

यस वर्ष हात्तीको आक्रमणबाट झापामा सातजनाको मृत्यु भइसकेको छ । सातजना घाइते भएका छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  ११:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro