site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
दिनहुँ ‘डाउन’ हुन्छ संसद्को वेबसाइट !

काठमाडौं । संघीय संसद्को वेबसाइट दिनहुँजसो ‘डाउन’ हुने गरेको पाइएको छ । कुनै दिन बिहानै वा जुनसुकै बेला वेबसाइट डाउन हुने गरेको छ ।

यसले गर्दा सरोकारवालालाई संसद् सचिवालयका सूचना तथा जानकारी थाहा पाउन हैरानी बेहोर्नुपर्ने स्थिति बनेको छ ।

संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरी पनि वेबसाइटमा समस्या रहेको स्वीकार्छन् ।

संसद्को वेबसाइटको सर्भर एकीकृत डाटा व्यवस्थापन केन्द्र (पहिलेको सरकारी एकीकृत डाटा सेन्टर–जीआईडीसी) मा छ । एकीकृत डाटा व्यवस्थापन केन्द्रका सूचना अधिकारी प्रविण चौहानले पनि वेबसाइटमा समस्या रहेको स्वीकारे ।

अनियमित तरिकाले डाउन हुने गरेको संसद्को वेबसाइट शुक्रबार पहुँच गर्न असुरक्षित बनेको छ । वेबसाइट र वेब ब्राउजरबीच सुरक्षा प्रदान गर्ने एसएसएल सर्टिफिकेटको म्याद सकिँदा संसद्को वेबसाइट असुरक्षित बनेको हो ।

Global Ime bank

संसद् सचिवालयका प्रवक्ता गिरीले सुरक्षा सम्बन्धीको समस्या आजै (शुक्रबार) समाधान गर्ने प्रयास भइरहेको बताए ।

“एसएसएलको समस्या साँझसम्म समाधान गर्ने प्रयास भइरहेको छ । तर, सधैँजसो वेबसाइट डाउन हुने समस्या पनि छ । त्यसका लागि समस्या पत्ता लगाएर समाधानको काम गर्न भर्न भनिरहेका छौँ,” प्रवक्ता गिरीले भने ।

वेबसाइटको सर्भर, सफ्टवेयर, मेनटेनेन्स, सर्पोट सबैतिर समस्या रहेको उनको भनाइ छ ।

आफूहरूले पूर्वाधार मात्रै उपलब्ध गराउने वेबसाइटको सर्भर राखिएको एकीकृत डाटा व्यवस्थापन केन्दका सूचना अधिकारी चौहान बताउँछन् ।

“हामीले पूर्वाधार (सर्भर) मात्रै उपलब्ध गराउने हो । बाँकी सफ्टवेयर कस्तो राख्ने, सपोर्ट एवं मेनटेनेन्स, एसएसएललगायत सबै कुरा उनीहरूले (संसद् सचिवालय)ले नै हेर्ने हो,” सूचना अधिकारी चौहानले भने ।

आफूले प्रदान गरेको सर्भर साइट अथवा पूर्वाधार सेवामा समस्या नरहेको उनको दाबी छ । संसद् सचिवालयले समस्या हेर्नेलगायत अन्य सपोर्टका लागि मान्छे नै नराखेको उनको भनाइ छ ।

“आवश्यक सपोर्ट, मर्मतका कुराहरू नियमितरूपमा गर्नुपर्‍यो । दुवै पक्षबीच समन्वय आवश्यक छ भने त्यो गर्न, प्राविधिक सहयोग गर्न हामी तयार छौँ,” केन्द्रका सूचना अधिकारी चौहानले भने ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  २०:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu