site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेटले जाजरकोट र बझाङका विद्यालय पुनर्निर्माण गरिने   
फाइल तस्बिर ।

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई छुट्याइएको बजेट भूकम्प प्रभावित जाजरकोट र बझाङ पठाउन आग्रह गरेको छ । 

२०७५ सालयता सञ्चालनमा रहेको सो कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । कार्यक्रमबापतको बजेट यी दुई जिल्लामा पठाउन अर्थ मन्त्रालयलाई आग्रह गरेको हो । “यस वर्ष कार्यक्रमको बजेट जाजरकोट र बझाङमा भूकम्पले क्षतिग्रस्त भएका करिब ७०० विद्यालय भवन पुनर्निर्माणका लागि खर्च गर्न अर्थ मन्त्रालयलाई आग्रह गरिएको छ,” मन्त्रालयको निर्णयमा भनिएको छ । 

आउँदो आर्थिक वर्षदेखि कार्यक्रमको बजेट सिधैँ स्थानीय तहमा पठाइने पनि मन्त्रालयको निर्णय छ । आगामी आर्थिक वर्षमा भने मुसहर, चेपाङलगायत सीमान्तकृत समुदाय रहेको स्थानमा नमुना सामुदायिक विद्यालय सञ्चालन गर्ने गरी शिक्षाले अर्थ मन्त्रालयलाई अनुरोध गरेको छ । 

सरकारले सो कार्यक्रमबापतको बजेट सार्वजनिक शैक्षिक संस्थाको भौतिक पूर्वाधार विकास, सिकाइ अभिवृद्धि, सिकाइ सामग्री व्यवस्थापन, शिक्षामा पहुँच अभिवृद्धि, खेलकुद सामग्री व्यवस्थापनलगायत शीर्षकमा खर्च गर्दै आएको थियो । तर, विद्यालय तहको योजना संघीय सरकारबाट छनौट गर्नु उपयुक्त नहुने सरोकारवालाहरूले बताउँदै आएका थिए । 

कार्यक्रमको बजेट बाँडफाँटमा अनियमितता भएको भन्दै २०७९ मा अख्तियारमा उजुरी समेत परेको थियो । जसका सम्बन्धमा आयोगले निर्णय प्रक्रिया पूर्णरूपमा पालना नगरेको देखिएको, बजेट बाँडफाँट औचित्यपूर्ण नदेखिएका कारण देखाउँदै बजेट निर्माणकै क्रममा विद्यालय छनौट गर्न सुझाव दिएको थियो । चालु आर्थिक वर्षका निम्ति झन्डै एक अर्ब रुपैयाँ विनियोजन गरिएको थियो । 

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १७:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro