site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
जुगल हिमाल आरोहणको अन्तिम तयारीमा
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकको जुगल हिम शृंखलाअन्तर्गका दुई नयाँ हिमालको पहिलो आरोणका लागि अन्तिम तयारी भइरहेको छ ।

जुगल गाउँपालिकाको शिरमा रहेका जुगल–१ र जुगल–२ को दश पर्यटकले पहिलोपटक आरोहण गर्ने भएका गाउँपालिका कार्यालयले जनाएको छ । आरोहण टोलीमा सात कोरियन र तीन नेपाली रहनेछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा यही चैत २३ देखि २०८१ वैशाख १५ गतेसम्म नेपाली र कोरियन पर्वतारोहीले गर्ने आरोहणको तयारी पूरा भएको पालिका अध्यक्ष रेशम स्याङ्बोले जानकारी दिए ।

विसं २०७५ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का पोलेटब्यूरो सदस्य एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटा, प्रतिनिधिसभा क्षेत्र नं १ का सांसद माधव सापकोटा, प्रदेशसभा सदस्य सरल सहयात्रीलगायतको पहलकदमीमा पहिलोपटक जुगल हिमालको आरोहण सुरुआत गरिएको थियो । त्यतिबेला पर्वतारोही माया गुरुङ, मिलन तामाङलगायत टोलीले सफलतापूर्वक हिमाल आरोहण गरेका थिए । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १३:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement