site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
‘हाइड्रोलिक’मा समस्या आएपछि काठमाडौं नै अवतरण गरिएको थियो कतार उडेको जहाज 
फाइल तस्बिर ।

काठमाडौं । कतार उडेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज करिब दुई घण्टापछि काठमाडौं नै फर्किएको छ ।

बिहीबार राति १२ बजे काठमाडौंबाट कतारको लागि उडेको जहाजमा समस्या आएको थियो । बिहान २ बजे काठमाडौंमा नै अवतरण गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जानकारी दिएको छ । 

विमानस्थल स्रोतका अनुसार जहाज उड्नसाथ ‘हाइड्रोलिक सिस्टम’मा समस्या आएको थियो । त्यसपछि ‘क्याबिन क्रु’ले जहाज काठमाडौंमा नै फर्काएर अवतरण गरेका हुन् । यद्यपि, उनीहरूले कुनै ‘सेफ्टी असिस्टेन्ट’ भने मागेका थिएनन् । 

जहाज मर्मत भइसकेको र उडानका लागि तयारी अवस्थामा रहेको निगमका प्राविधिक प्रवक्ता दिपेन्द्र पुनले जानकारी दिए । 

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १२:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro